अन्तर्राष्ट्रिय 🗺

दक्षिण कोरियामा थपिए ४६ हजार बढी कोरोनाका नयाँ सङ्क्रमित

सोउल, १७ कात्तिक । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार ८ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार २ सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएको छ । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजार ८ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले बताएको छ… पुरा पढौ

डुङ्गा डुब्दा हराएका थप २० यात्रुको शव भेटियो

एथेन्स, १७ कात्तिक । ग्रीसको इभामा अवस्थित समुद्रमा डुङ्गा डुब्दा हराएका थप २० जना यात्रीको शव निकालिएको छ । उद्धारकर्मीहरुले समुद्रको किनारबाट बिहीबार २० ओटा शव निकालेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा ती यात्रु हराएका थिए । मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार र बिहीबार उनीहरुको शव भेटिएको बताइएको छ । ग्रीसको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ… पुरा पढौ

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घ १७ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गरेका हुन्। दक्षिण अफ्रिकाको पिर्टाेरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो । सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका बताइएको छ । सो… पुरा पढौ

अरब लिग शिखर सम्मेलनमा चीनका राष्ट्रपति सिद्वारा बधाई

बेइजिङ, १६ कात्तिक । चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिएका छन् । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा सुरु भएको छ । अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाएका हुन्। अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उनले बताए। चिनियाँ राष्ट्रपतिले अरब देशहरुबीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरुको वैधानिक अधिकार र हितको रक्षा… पुरा पढौ

चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

बेइजिङ, १६ कात्तिक । चीनका राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले आफ्ना फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग फोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा त्यसले सी चिनफिङलाई महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिए। उक्त पदमा सीको पुनःनिर्वाचित हुनु चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै उनकाे नेतृत्वको महाधिवेशनले चीनको भविष्य र विकासको खाका तयार पारेको जानकारी दिए। साथै उनले विश्वशान्तिका निम्ति चीनले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा साझा विकास प्रवद्र्धनप्रतिको… पुरा पढौ

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

काबुल, १६ कात्तिक । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ । विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ । उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ… पुरा पढौ

अल्जेरियामा अरब लिगको सम्मेलन सुरु

अल्जियर्स, १६ कात्तिक । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ । यस सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन रहेका बताइएको छ । यसअघि लिगको ३० औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया रहेको थियो । ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । मङ्गलबार साँझ अल्जियर्समा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए । मङ्गलबार… पुरा पढौ

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस स्तब्ध

संयुक्त राष्ट्रसङ्घ, १५ कात्तिक। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराए। सो दुर्घटनाबाट महासचवि गुटरेस निकै स्तब्ध भएको बताएकाे सो विज्ञप्तिमा जनाइएको छ । मानिसहरुले उक्त पुल हुँदै यात्रा गरिरहेका बेला पुल भाचिएको थियो । त्यसमा परेर एक सय ३० जनाको ज्यान गएको बताइएको छ । सोमबार भएको सो दुर्घटनामा परेर अरु पनि… पुरा पढौ

भारतको गुजरातमा पुल भत्किदा भएकाे मानविय क्षतिप्रति अमेरिकी राष्ट्रपतिलगायत विश्व नेताद्वारा दुःख व्यक्त

वासिङटन, १५ कात्तिक । भारतको पश्चिमी राज्य गुजरातको मोर्बीमा झोलुङ्गे पुल भत्किँदा भएको अकल्पनीय मानवीय क्षतिप्रति विश्व नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो, जापानका प्रधानमन्त्री फुमियो किसिदा, पोल्याण्डका प्रधानमन्त्री मेटुझ मोरावियेकी, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनर अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङले भारत सरकार, त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेका हुन् । उक्त घटनाबाट आफूहरू स्तब्ध भएको बताउँदै उनीहरूले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनप्रति समवेदना व्यक्त गरे। साथै… पुरा पढौ

एलन मस्कद्वारा ट्विटरका सबै बोर्ड सदस्य बर्खास्त

क्यालिफोर्निया, १५ कात्तिक । ट्विटरका नयाँ निर्देशक तथा मुख्य कार्यकारी एलन मस्कले कम्पनीका सबै बोर्ड सदस्यलाई बर्खास्त गरेका छन् । सबै बोर्ड सदस्यलाई बर्खास्त गरेर मस्क एकल रुपमा कम्पनीको बोर्ड सदस्य बनेका छन्। सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन सीईसीमा पेस गरिएको दस्तावेज मार्फत उक्त विषयको खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मस्कले ट्विटर खरिद गरेपछि कम्पनीका सबै पुराना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गर्ने योजना पहिले देखि नै बनाएका थिए । कम्पनी आधिकारिक रुपमा आफ्नो हातमा परेसँगै… पुरा पढौ