अन्तर्राष्ट्रिय 🗺

सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए

ओउगादुगु, ८ कात्तिक । बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । यहाँको सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा सोमबार ठूलो सङ्ख्याका आतङ्ककारीहरु आएर सो शिविरमा हमला गरेका थिए । सो हमलामा परेर यहाँका ५० जना… पुरा पढौ

पाकिस्तानमा देशव्यापी रुपमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन

इस्लामावाद, ८ कात्तिक । पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको बताइएको छ । यो एक हप्ता लामो अभियान भएको बताइएको छ । सो अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल क्वादिर पटेलले सो अभियानको सुरुआत गरेका हुन्। यो अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै… पुरा पढौ

मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी

जाकार्ता, ७ कात्तिक । सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ । प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वालाई दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए। पुरा पढौ

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचितः विश्व बैंक

वासिङ्टन ,७ कात्तिक । अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैकले जनाएको छ । सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको… पुरा पढौ

सोमालियाको एउटा होटलमा आत्मघाती बम हमला

मोगादिशु, ७ कात्तिक । दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् । उनले भनेका छन्, 'यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको सो आक्रमणको क्षतिको अनुसन्धान भइरहेको… पुरा पढौ

इटालीमा नवनियुक्त पहिलाे महिला प्रधानमन्त्री जर्जियाद्धारा एकतामा जोड

रोम, ७ कात्तिक । इटालीका पहिलाे महिला प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकि छन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकि हुन्। उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिएकि थिइन्। उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गरे। सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी त्यसअघि गभर्नर थिए । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा… पुरा पढौ

सिङ्गापुरमा एकै दिनमा छ हजार भन्दा बढी कोभिड १९ का नयाँ सङ्क्रमित

सिङ्गापुर,६ कात्तिक । सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् । कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल यहाँ कुल छ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् । सघन उपचार केन्द्रमा १६ जना रहेका छन् यद्यपी शनिबार कोभिड १९ बाट कसैको पनि… पुरा पढौ

नाइजेरियामा बाढीका कारण १५ लाखभन्दा बढी बालबालिका जोखिममा

अबुजा, ६ कात्तिक । नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ । बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् । बाढीका कारण छ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने दुई लाखभन्दा बढी… पुरा पढौ

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला छैनन्

बेइजिङ, ६ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचामा जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उहाँ यसपटक अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।यसैबीच अर्काे एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्काे कार्यकालका लागि पति चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुुनिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण… पुरा पढौ

बेलायती पूर्व प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता

लण्डन, ६ कात्तिक । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर शनिबार बेलायत आइपुगेका छन् । बेलायती सञ्चारमाध्यममा अनुसार गत जुलाई ७ मा प्रधानमन्त्री जोन्‍सनका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री जोन्सनले राजीनामा दिन बाध्य भएका थिए । जोन्सनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू यसका लागि तयार रहेको बताएका छन् । उनको क्याबिनेटमा रहेका पूर्व अर्थमन्त्री ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्रीपदका लागि १… पुरा पढौ