अन्तर्राष्ट्रिय 🗺

सोमालियामा अल सेबाबका चालिस आतङ्ककारी मारिए

मोगादिशु, १४ असोज । सोमालियामा सेनाले गरेको कारबाहीका क्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका ४० आतंककारीको मृत्यु भएको । सोमालियाली सेनाले दिएको जानकारी अनुसार बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरिएको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका हुन् । सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार यहाँको राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् । कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा… पुरा पढौ

तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

काबुल, १३ असोज । तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा "विशेष छुट" हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ। युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ । पश्चिमी देशहरूले रुस माथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ। आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि… पुरा पढौ

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट

रोम, १३ असोज । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ । विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो । विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरु छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले… पुरा पढौ

तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर

काबुल, १३ असोज । प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ। बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्। एउटै नारी "नारी, जीवन, स्वतन्त्रता!" लगायतका विषय उठाउँदै विरोध प्रदर्शन जारी जारी छ। महिला प्रदर्शनकारीहरूले "इरान उठ्यो, अब हाम्रो पालो!" लेखिएको ब्यानर बोकेका थिए। "काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस्!" प्रदर्शनीमा लगायतका नारा उच्चारण गरिएका छन् । पुरा पढौ

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प

बेइजिङ, १३ असोज । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। केन्द्रविन्दु १०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६०.८०३५ डिग्री दक्षिण अक्षांश र २०.०१६९ डिग्री पश्चिम देशान्तरमा रहेको थियो। पुरा पढौ

मानव र हात्तिको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

कोलम्बो, १३ असोज । श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ । कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताए। हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उनले बताए। लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको… पुरा पढौ

औसत तलब पहिलो पटक ३० लाख येन पुर्याइयो

टोकियो, ११ असोज । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।… पुरा पढौ

दक्षिण कोरियामा ३६ हजारभन्दा बढी सङ्क्रमित

सोल, १२ असोज । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९ सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार सात सय ८९ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक दिनअघिको केही मात्रमा घटेको बताइएको छ । अघिल्लो दिन ३९ हजार चार सय २५ सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा… पुरा पढौ

बुर्किना फासोमा आक्रमण: ११ सैनिकको मृत्यु, ५० सर्वसाधारण बेपत्ता

उगादुगुउ १२ असोज । उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए । एघार सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता… पुरा पढौ

नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाख बढी विस्थापित

नाइजेरिया, १२ असोज । नाइजेरियामा बाढीका कारण २३ जनाको ज्यान गएको छ । बाढीकै कारण कम्तीमा पनि १ लाख १६ हजार जना विस्थापित भएका बताइएको छ । यो वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरुले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरुको पुनर्स्थापनाको पहल भइरहेको बताएका छन् । नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाइएको छ । त्यस प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा… पुरा पढौ