अन्तर्राष्ट्रिय 🗺

सन् २०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

स्टकहोम, १७ असोज । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेको नोबेल समितिले सोमबार घोषणा गरेको छ । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक सङ्केत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । नोबेल कमिटीले भनेको छ, “अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको… पुरा पढौ

राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान

संयुक्त राष्ट्रसङ्घ, १७ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गरेका छन् । विश्व अहिंसा दिवसका अवसरमा आइतबार दिएको एक सन्देशमा उनले विश्वमा शान्ति सद्भाव एवं पारस्पारिक सम्मानका लागि विश्व समुदायसँग आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले भने–विश्व अहिंसा दिवस अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनमा मात्र मनाएको नभएर विश्वका नागरिकहरुमा आपसमा शान्ति र आपसी सम्मान कायम गर्न मनाइने गरेको उनले बताए। महासचिव गुटरेसले मानिसले एकले… पुरा पढौ

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

संयुक्त राष्ट्रसङ्घ, १६ असोज। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन उहाँले बुर्किना फासोको सैनिकलाई आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्। सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको… पुरा पढौ

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १७४ को मृत्यु

जाकार्ता, १६ असोज। इन्डोनेसियामा जारी रहेको एक फुटबल खेलका क्रममा भएको हिंसामा परेर कम्तीमा १७४ जनाको ज्यान गएको छ । खेल हेर्न गएका खेलका पक्षधरहरुका बीचमा भएको हिंसामा परेर ती व्यक्तिको ज्यान गएको एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको मलाङ भन्ने स्थानमा भएको सो खेलका क्रममा सो खेलका समर्थकहरुका बीचमा हिंसा भड्किएको थियो । हिंसामा परेर एक सय ७४ जनाको ज्यान गएको र अरु कैयौँ घाइते पनि भएका सो समाचारमा जनाइएको छ । इन्डोनेसियाली प्रहरीलाई… पुरा पढौ

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

वासिङ्टन, १५ असोज । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकका युरोप तथा मध्य… पुरा पढौ

युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी ३० जनाको मृत्यु, ८८ जना घाइते

कीभ, १५ असोज । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । जापोरिझ्झिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले टेलिग्राममा भने, "शत्रुले जापोरिझ्झियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलेमा रकेट आक्रमण गरेका छन्।" युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सीएनएनले उक्त हडतालमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय युवक रहेको बताइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा चार… पुरा पढौ

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

वासिङ्टन, १५ असोज। इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा १९ जनाको मृत्यु भएको छ। कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो। इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ। इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो… पुरा पढौ

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमार, १४ असाेज । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । यस भूकम्पको केन्द्रविन्दु करिब एक सय ४० किमीमिटर गहिराईमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । पुरा पढौ

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

किभ, १४ असोज । युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरुमा गोली हानेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताए। जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडी रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् । भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, “किभको शासनले रुसी सेनाले गरेको… पुरा पढौ

पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रसंशा

इस्लामावाद, १४ असोज । पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले चीन र यहाँको नेतृत्वको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रसंशा गरेका छन् । इस्लामावादमा पाकिस्तानका लागि चीनले आज आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिराले पुर्याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताए। पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारबिहीन भएका र… पुरा पढौ