बेइजिङ, २३ भदौ । संयुक्त राष्ट्रसङ्घको बिहीबार प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत अकल्पनीय सङ्कटले मानव प्रगतिलाई पाँच वर्ष पछाडि धकेलेको र विश्वव्यापी अनिश्चितताको लहरलाई बढावा दिएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले ३० वर्षअघि स्थापना भएको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मा लगातार दुई वर्ष घटेको उल्लेख गरेको छ । यूएनडीपीका प्रमुख अचिम स्टेनरले एएफपीसँगको अन्तर्वार्तामा भने, “यसको अर्थ हामी अकालमा मर्दैछौँ, आवश्यकभन्दा कम शिक्षित छौं, हाम्रो आम्दानी घट्दै गएको छ भन्ने हो ।” उनले…
पुरा पढौ