अन्तर्राष्ट्रिय 🗺

पश्चिमी इन्डोनेसियामा भूकम्प

जाकार्ता, २६ भदौ । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमिटर समुद्रको गहिराईमा रहेको सो एजेन्सीले जनाएको छ । भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । पुरा पढौ

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

मेक्सिको सिटी, २६ भदौ । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ । हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ । राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा… पुरा पढौ

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

वासिङ्टन, २५ भदौ ।संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए। "यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन… पुरा पढौ

वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

रामल्लाह, २५ भदाै। वेस्ट बैंकको नाब्लस हरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीन जनालाई घातक गोली र नौ जनालाई रबरको गोली प्रहार गरिएको बताएको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले बताएअनुसार नाब्लस शहरको दक्षिण र पूर्व, बेइटा र बेइट दाजान गाउँहरूमा र काफ्र कद्दुम गाउँमा विरोधी प्रदर्शनकारीहरू र इजरायली सैनिकहरू बीच भीषण झडप भएको थियो। प्रदर्शनकारीहरूले टायर जलाएर विरोध प्रदर्शन गर्दै गाउँको वरिपरि… पुरा पढौ

राष्ट्रसङ्घका प्रमुखद्वारा जलवायु परिवर्तनबारे ‘उदासिन’ नबन्न विश्व समुदायसँग आग्रह

इस्लामाबाद, २५ भदौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा पाकिस्तानी बाढी प्रभाबित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उनले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिए । गुटेरेसले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तनप्रति विश्वले ध्यान नदिएकोमा दुःख व्यक्त गर्दै भने, “यो पागलपन हो, यो सामूहिक आत्महत्याको बाटो हो ।” गुटेर्रेसले शनिबार दक्षिणको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्नुका साथै युनेस्कोले… पुरा पढौ

इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो

संयुक्त राष्ट्रसङ्घ, २४ भदौ । खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताए । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको बताइएको हो । सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइने छ । युक्रेनको बाटो हुँदै ती… पुरा पढौ

रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए

दमासकस, २४ भदौ । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् । तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन्… पुरा पढौ

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं, २४ भदाै । बेलायती महारानी एलिजाबेथ द्वितीयको गएराति निधन भएको छ। उनी पछिल्लो समयमा बिरामी थिइन्। ९६ वर्षिय महारानीको स्टकल्याण्डको बाल्मोरल कासलमा निधन भएको हो। उनी ७० वर्ष ब्रिटेनकी महारानी भएकि थिइन्। एलिजाबेथ पछि बेलायतमा ४० वर्षिय प्रिन्स विलियम उनकाे उत्तराधिकारी बनेका छन्। उनका ७३ वर्षिय बुबा प्रिन्स चार्ल्स राजा भएका छन्। महारानी एलिजाबेथका श्रीमान प्रिन्स फिलिपको मृत्यु २०२१ अप्रिल ९ तारिखमा मृत्यु भएकाे । महारानीका ४ सन्तान रहेका छन् । उनका ८ नाति–नातिनी र १२ पनाति–पनातिनी रहेका छन्।… पुरा पढौ

चिनियाँ राष्ट्रपतिद्वारा छ देशमा राजदूत नियुक्त

बेइजिङ, २४ भदौ । चीनको तर्फबाट छ देशका लागि नयाँ राजदूतहरू नियुक्त गरिएको छ ।   चिनियाँ नेशनल पिपल्स काँग्रेस अन्तर्गतको स्थायी कमिटीको निर्णय अनुसार ती राजदूतहरू नियुक्त भएका हुन् । उनीहरूलाई राष्ट्रपति सि जिनपिङले नियुक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन् । नयाँ राजदूत मध्ये गाबोनका लागि लि जिन्जीनलाई जिम्मेवारी दिइएको छ । त्यस ठाउँमा पहिला हु चाङचुनले जिम्मेवारी निर्वाह गरेका थिए। त्यसैगरी गाम्बीयाका लागि चिनियाँ राजदूतको रुपमा लिउ जिनलाई नियुक्त गरिएको छ । त्यहाँ यसअघि मा जियन्चुनले जिम्मेवारी सम्हालेका थिए… पुरा पढौ

बेलायती महारानी चिकित्सकीय सुरीवेक्षणमा

लण्डन, २३ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीय स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहेकी छिन् ।  चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । 'आज बिहान थप परीक्षणपछि उहाँलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको छ', बकिंघम प्यालेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ । पुरा पढौ