आदिस अबाबा, २६ साउन । इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पु¥याएका छन् । गएको अप्रिलदेखियता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयले बुधबार सो कुराको जानकारी दिएको हो । इथियोयिाको द्वन्द्वग्रस्त टिगरे क्षेत्रमा केही वर्षयतादेखि नै खाद्यान्न लगायतको मानवीय सहयताको नै समस्या पर्ने गरेको छ । द्वन्द्व तथा खडेरीले यहाँ खाद्यान्न उत्पादन हुन छोडेको छ ।…
पुरा पढौ