अन्तर्राष्ट्रिय 🗺

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

बोगोटा, २३ साउन । गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन् । उनी वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका हुन् । सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए । “कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भने । उनले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै “लागूऔषध विरुद्धको युद्ध असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नु पर्ने बताए। वन विनाशबाट पीडित कोलम्बियाको अमेजन… पुरा पढौ

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, २३ साउन । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ । यहाँ कोरोना सङ्क्रमणबाट बितेको… पुरा पढौ

इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

संयुक्त राष्ट्रसङ्घ, २३ साउन । संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताए। उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्काे अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो… पुरा पढौ

इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २३ साउन । अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गरेका छन् । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए । युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु भनेको अन्तर्राष्टिय कानुनको उल्लङ्घन भएकाेले… पुरा पढौ

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती

जेरुसेलम, २३ साउन । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरे। लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दवावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली… पुरा पढौ

हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमाण्डर मारिए

तेल अवीव, २२ साउन । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल-कुड्स ब्रिगेडले जनाएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ। अल-कुड्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा यसका उच्च-स्तरीय कमाण्डर खालेद मन्सुर शनिबार राति रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ। आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टाइनी आन्दोलन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन… पुरा पढौ

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

हवाना [क्युबा], २२ साउन । मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन् । सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ । शुक्रबार राति शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको… पुरा पढौ

भियनास्थित संयुक्त राष्ट्रसंघका प्रमुखको एक चीन नीतिप्रति स्पष्टोक्ति

भियना, २२ साउन । संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको पक्षमा रहेको कार्यालयका महानिर्देशकले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका कार्यकारी निर्देशक घडा वालीले अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणको प्रतिक्रियामा सिन्ह्वासँगको अन्तर्वार्तामा उक्त धारणा राखिन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको एक चीन नीति बारेको हालैको टिप्पणीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा विश्व सङ्गठन रहेको बताइएकाे छ । पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

वाशिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसिरहेका बाइडेनको शनिबार गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले नकारी दिएका हुन् । कनरका अनुसार राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेका तर उनलाई धेरै ठिक भइसकेको छ । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाइसकेका छन् । गत जुलाई २१ मा पहिलो पटक कोभिड सङ्क्रमण देखिएका बाइडेनलाई त्यसपछि एक हप्तासम्म… पुरा पढौ

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

गाजा, २२ साउन । इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको… पुरा पढौ