काठमाडाैं, १६ बैशाख । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन। मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो। छलफलमा महामहिम राजदूतले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य मार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए । उनले नेपाल बंगलादेश बीचको सौविध्यपूर्ण व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउँदै नेपाली वस्तुहरुको बंगलादेश निर्यातमा सहजीकरण गर्न…
पुरा पढौ