अन्तर्राष्ट्रिय 🗺

थियोपियाको अवस्था नाजुक बन्दै : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, ४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बिहीबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन्… पुरा पढौ

किन आयो नेपालमा अमेरिकी सेनाको विमान ?

काठमाडौं, ४ चैत । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको छ । अमेरिकी राजदूताबासका कूटनीतिक सामग्री लिएर सो विमान काठमाडौं आएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चार्टर अनुमति लिएर जहाज काठमाडौं ‌आएको हो । बिहान ९ बजे आएको सो विमान मध्याह्न १२ बजे फर्केको थियो । पुरा पढौ

दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या

काठमाडौं, ३ चैत । नाइजेरियाको दक्षिणी राज्य इमोमा बुधबार कारागारका २ अधिकारीलाई गोली हानी हत्या गरिएको एक प्रवक्ताले बताएका छन् । २ अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारहरूलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् । बुधबार नै नाइजेरियाको नाइजरस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको थियो । यहाँका प्रहरी अधिकारीले केही व्यक्तिको… पुरा पढौ

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्दै

न्यूयोर्क ३ चैत । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । "बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] ले सुरक्षा परिषद्को बैठक बोलाएको छ। रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो,” संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ। बेलारुसमा भइरहेको… पुरा पढौ

रतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

नयाँ दिल्ली ३ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ । यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि… पुरा पढौ

पानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

टोकियो ३ चैत । जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् ।उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको सो भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ । बुधबार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसिद भएका बताइएको छ । बिहीबार बिहान ६.३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरु ९२ जना घाइते भएका बताइएको छ । उत्तरपूर्वी जापानका… पुरा पढौ

पुटिन ‘युद्ध अपराधी’-अमेरिकी राष्ट्रपति बाइडेन

वासिङ्टन ३ चैत । रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई "युद्ध अपराधी" भनेका छन्। "मलाई लाग्छ ऊ युद्ध अपराधी हो," बाइडेनले भने। बाइडेनले शुरुमा "होइन" भने जब पुटिन युद्ध अपराधी हो कि भनेर सोधेको प्रशनमा प्रतिप्रश्न गर्दा हो भनेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा गरेको टिप्पणी आफैं बोल्छ भनेका छन् । "राष्ट्रपतिको टिप्पणी आफैंको लागि बोल्छ," साकीले भने। "उनी… पुरा पढौ

के हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !

काठमाडौं, ३ चैत । रुसले आइतबार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोनको लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्‍यो । जेलेन्स्कीले आइतबारलाई ‘कालो दिन’ भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई धम्की नदिने बताए । यसै बीच एक अमेरिकी पत्रकार पनि आइतबार मारिएका थिए… पुरा पढौ

अधिकारकर्मी ‘फतिमा गिलानी’ले आफ्नो प्रतिनिधित्व नगर्ने अफगान महिलाहरूको भनाइ

काबुल, अफगानिस्तान, १ चैत  । दर्जनौं महिला प्रदर्शनकारीले अफगानिस्तानमा तालिबान विरोधी प्रदर्शन गरेका छन् । उनीहरूले आफूहरू प्रतिष्ठित महिला अधिकारकर्मी बताउने फतिमा गिलानीबाट टाढा रहेको भन्दै आफ्ना अधिकार सम्बोधनका लागि माग गरेका छन् । फतिमा गिलानी सन् १९७९ मा सोभियत आक्रमणसँग लडेका मुजाहिदीन प्रतिरोध समूहहरू मध्ये एकका नेता, दिवंगत अहमद गिलानीकी छोरी हुन । उनी अफगानिस्तानमा महिला अधिकारका लागि वार्ता टोलीकी सदस्य पनि हुन। “फतिमा गिलानी हाम्रो प्रतिनिधि होइन, हाम्रो परिचय तालिबान होइन,” एक जना महिला प्रदर्शनकारीलाई स्थानीय अमाज न्युजले… पुरा पढौ

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सिमा नाका खुल्ला

विलिङ्टन, २ चैत । न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् । अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो । स्थानीय समय अनुसार आगामी अप्रिल १२… पुरा पढौ