अन्तर्राष्ट्रिय 🗺

राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत

काबुल, २९ माघ । राष्ट्रसंघद्वारा हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत काबुल [अफगानिस्तान], २८ माघ, (रासस-एएनआई): अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ। तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक अमेरिकी र धेरै बेलायती नागरिकहरू थिए, वाल स्ट्रीट जर्नलले बन्दीहरूको आफन्त र म्याटसँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गरेको थियो। "UNAMA अफगानिस्तानका अधिकारीहरूले पत्रकारहरूलाई रिहा गरेकोमा स्वागत गर्दछ। सबै मनोमानी नजरबन्दहरू अन्त्य गर्ने समय आएको छ।… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झ¥यो

नयाँदिल्ली, २९ माघ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ । केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ । सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै रहेका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त… पुरा पढौ

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

मस्को, २९ माघ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। "वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ," क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। पेस्कोभले जोड दिए कि "अनुरोधको अघि अमेरिकी पक्षबाट लिखित अपील गरिएको थियो।" यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल… पुरा पढौ

अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि

वासिङ्टन २९ माघ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा "कुनै पनि समय" आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ। मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। "राष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिएको,"… पुरा पढौ

रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

मस्को, २८ माघ । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका हुन् । “एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ । त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरी तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु… पुरा पढौ

बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गरेको पुष्टि

लन्डन, बेलायत, २८ माघ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको छ पुष्टि गरेका छन्।“ आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,“ जोनसनले वार्सामा आफ्नो पोलिश समकक्षी माटेउज मोराविकीसँग भेटपछि उल्लेख गरे । बेलायतका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार बेलायतले पोल्याण्डमा ३५० सेना पठाउने छ जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ जुन गत वर्ष पोलिश–बेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका थिए । जोनसनका अनुसार भर्खरै आएका सेनाहरू पोल्याण्डमा… पुरा पढौ

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

त्रिपोली, लिबिया, २८ माघ । अज्ञात बन्दुकधारीहरूले राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला (मध्य त्रिपोली) मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो।“ । आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल–अरबीले “देशको राजनीतिक घटनाक्रम“ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् । “आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,“ प्रवक्ताले भने, “अपराधीहरूलाई न्यायको… पुरा पढौ

बेलायतका प्रधानमन्त्रीले तोकिएको समयअगावै प्रतिबन्धहरु हटाउने

लन्डन, २७ माघ । बृटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् । उनले बुधबार सो कुराको घोषणा गरेका हुन् । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ । तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा गरे । उनले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको… पुरा पढौ

अमेरिकी विमानले कीभमा ८० टन हतियार ल्याए: रक्षामन्त्री

कीभ, २७ माघ । युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् । "आज बोरिस्पिल एयरपोर्टमा 'खुला दिन' हो ! थोरै हँसिलो मुद्रामा उनले भने संयुक्त राज्य अमेरिकाको ९ औं चरा पछि, १० औं चरा (विमान) उडेको र ८० टन भन्दा बढी बारूद सहितका हतियार भित्रिएको छ । समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको आरबीएस-युक्रेनको स्रोतले उल्लेख गरेको छ । युक्रेन वरपरको… पुरा पढौ

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

मस्को, २७ माघ, २७ माघ । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो ।… पुरा पढौ