अन्तर्राष्ट्रिय 🗺

अमेरिकी सिनेटले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित

मस्को ६ फागुन । अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। "सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने निरन्तर प्रयासहरूलाई समर्थन गर्न संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ। प्रस्तावमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई युरोपमा शान्ति पुनर्स्थापना गर्न युक्रेनमाथि आक्रमण गरेमा रुसले ठूलो मूल्य चुकाउनुपर्ने र त्यसका लागि अमेरिकाले जस्तोसुकै निर्णय पनि लिन आग्रह गरिएको छ। "यस प्रस्तावमा कुनै पनि… पुरा पढौ

चीनियाँ आर्थिक प्रणालीलाई ‘गैरबजारी’ भनी अमेरिकाले लगाएको आरोप आधारहीन : बाणिज्य मन्त्रालय

बेइजिङ, ५ फागुन । अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गरे । प्रतिवेदनमा संयुक्त राज्य अमेरिकाले चीनको ‘राज्य नेतृत्व, गैर–बजार नीति र अभ्यासहरू’ समाधान गर्न नयाँ रणनीतिहरू खोज्नु… पुरा पढौ

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ५ फागुन । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ… पुरा पढौ

बङ्गलादेशमा १० करोड मानिसले कोभिड-१९ विरुद्धको खोप लगाए

ढाका, ५ फागुन । बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो। स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, "फेब्रुअरी सम्ममा देशमा १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज (५२,०८४,४४२ चिनियाँ खोपको डोज सहित) लगाएका छन्। त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो। पुरा पढौ

अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, ५ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उहाँले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठूलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताए। उहाँले संयुक्त राष्ट्रसंघले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गरे। महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान… पुरा पढौ

दिग्गज गायक–संगीतकार बप्पी लाहिरीको निधन

मुम्बई, ४ फागुन । दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उनको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छन् । मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उनी डिस्को संगीतको लागि प्रख्यात थिए । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो । पश्चिम बंगालका गभर्नर… पुरा पढौ

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकी राष्ट्रपतिको भनाई

वासिङ्टन, ४ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् । उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए । उहाँले भन्नुभएको छ कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनु पर्ने हुनसक्छ । मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले यदि रुसले युक्रेनमा हमला गर्यो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी… पुरा पढौ

दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित

सोल, ४ फागुन । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ ।यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् । सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार… पुरा पढौ

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ४ फागुन । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् ।यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा… पुरा पढौ

प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

याङ्गुन, ४ फागुन । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ । पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेको थियो । गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै… पुरा पढौ