अन्तर्राष्ट्रिय 🗺

भारतमा २७ हजार नयाँ सङ्क्रमित थप

नयाँ दिल्ली, ३ फागुन । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार… पुरा पढौ

युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

वाशिंगटन ३ फागुन । संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ। "अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन् त्यसका निम्ति थप कुनै स्वीकृति आवश्यक पर्नेछैन । हामी युक्रेनबाट स्थलमार्गबाट पोल्याण्डमा यात्रा गर्नेहरूलाई कोर्चोवा-क्राकोभेट्स वा मेडिका-शेहिनी सीमा नाकाहरू पार गर्न प्रोत्साहित गर्छौं," दूतावासले भनेको छ, "अमेरिकी दूतावासले प्रवेश गर्ने अमेरिकी नागरिकहरूलाई सहायता प्रदान गर्न यी सीमा नाकाहरू नजिकै स्वागत केन्द्र खोलेको हो। मिसनले अमेरिकीहरूलाई जतिसक्दो चाँडो… पुरा पढौ

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने सङ्केत

किभ ३ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, "हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।“ उल्लेख गरेका छन् । उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताए। यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको… पुरा पढौ

चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्रीको भनाई

इस्लामावाद, २ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताए । पुरा पढौ

बेइजिङमा भारी हिमपात ओलम्पिकमा गएका पाहुनालाई गाह्रो

बेइजिङ, २ फागुन । चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ । यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ । त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि… पुरा पढौ

रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

बेइजिङ, २ फागुन । चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, विश्व एन्टी डोपिङ एजेन्सी र अन्तर्राष्ट्रिय स्केटिङ युनियनले उनको निलम्बन पुनर्स्थापित गर्न गरेको अपील अस्वीकार गरेको बताएको छ। पुरा पढौ

रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना संक्रमित देखिए

मस्काे, १ फागुन । रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् । यहाँ हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित देखिने गरेका स्वस्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए… पुरा पढौ

लिबियाको राजनीतिक संकटबारे महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघ, फागुन १ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताएका छन् । लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । लिबियामा पछिल्लो समयमा राजनीतिक संकट चुलिँदै गएको छ । त्यसैले यस देशको स्थायित्व र राजनीतिक निकासका लागि सबै पक्षको सक्रियताको आवश्यकता रहेको सो विज्ञप्तिमा जनाइएको छ । लिबियामा गएको डिसेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय भएको थियो । तर पछि सो निर्वाचन… पुरा पढौ

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

मस्को, फागुन १ । पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ । इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी… पुरा पढौ

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण

रियाद, २९ माघ । ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ । सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, "सार्वजनिक लगानी कोषमा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ । पुरा पढौ