अन्तर्राष्ट्रिय 🗺

इजरायल–लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती

वासिङ्टन, २ जेठ । लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउदै आगामी जुन २ – ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिनु भएको छ । यसै बीच, मे –२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ । छलफलले… पुरा पढौ

तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट

न्युयोर्क, २ जेठ । विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाको एस एन्ड पी पाँच सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क पाँच सय ३७… पुरा पढौ

ट्रम्प–सीबीच व्यापार सहमति

बेइजिङ, १ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिनुभएको हो । बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताउनुभयो । फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा… पुरा पढौ

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु २१ घाइते

इस्लामावाद, (पाकिस्तान), १ जेठ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका सनथै २१ जना घाइते भएको जनाइएको छ । बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ । बजौर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार वेलुका ७ः५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ । स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको… पुरा पढौ

एकै दिनमा पाँच हजार बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल (अफगानीस्तान), ३१ वैशाख । एकै दिनमा पाँच हजार २०० जना भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ । स्वदेश फर्केकाहरु मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ । उनीहरु स्वदेश पर्कने क्रममा सिमा नाकामै आवश्यक सहायता प्राप्त गरि सकेको उल्लेख गर्दै बाँकीलाई पनि उनीहरूको आफ्नै प्रान्तमा लगिने बख्तार समाचार एजेन्सिले जनाएको छ । एजेन्सिका अुनुसार गत हप्ता करिब चार हजार जना अफगानी शरणार्थी आफ्नो देश फर्केका छन् । गत वर्षको सुरु देखि हाल सम्म… पुरा पढौ

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबीच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिनुभएको छ । “तपाईं एक महान नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु”, ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि… पुरा पढौ

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

बेरुत, ३१ वैशाख । युद्धविराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिक युद्वको मारमा परेको संयुक्त राष्ट्र सङ्घिय बाल कोष (युनिसेफ) ले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत १६ र १७ को मध्यरातमा युद्धविराम लागु भए देखि कम्तिमा २३ जना बच्चाको मृत्यु भएको छ भने ९३ घाइते भएका छन् । गत मार्च –२ देखि २०० जना बालबालिकाको मृत्यु भएको र ८०६ जना घाइते भएको उल्लेख गरिएको छ । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र… पुरा पढौ

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

बेइजिङ, ३० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू–राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतिक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ । वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले सी जिनपिङलाई ‘असाधारण दृष्टिका नेता’ भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप… पुरा पढौ

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

टोकियो, ३० वैशाख । इरान युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको असर अब जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ । रङ्गीन मसी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अभाव भएपछि जापानका केही लोकप्रिय स्न्याक कम्पनीहरूले आफ्ना प्याकेटहरू रङ्गीनबाट श्याम–श्वेतमा रूपान्तरण गर्न थालेका छन् । जापानको चर्चित खाद्य कम्पनी क्याल्बीले आलुको चिप्स र अन्नजन्य स्न्याकहरूको प्याकेजिङमा प्रयोग हुने मसीको आपूर्ति प्रभावित भएपछि केही उत्पादनको डिजाइन अस्थायी रूपमा परिवर्तन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार उत्पादनको गुणस्तर र स्वादमा कुनै… पुरा पढौ

इरान युद्धमा अमेरिकाको खर्च १० खर्ब डलरतर्फ

वासिङ्टन, ३० वैशाख । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै गएको छ । पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको स्वीकार गरे पनि विज्ञहरूले वास्तविक खर्च त्यसको धेरै गुणा बढी भइसकेको दाबी गरेका छन् । दीर्घकालीन सैनिक खर्च, दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको लागत जोड्दा यो युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी दिइएको छ । पेन्टागनका वरिष्ठ बजेट अधिकारी जे हर्स्टले मङ्गलबार… पुरा पढौ