अन्तर्राष्ट्रिय 🗺

सन् २०२१ मा चीनको सूचना प्रबिधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च

बेइजिङ, ३० जेठ । सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) ले जनाएको छ । चिनियाँ सरकारले यस वर्ष आफ्नो १४ औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न… पुरा पढौ

चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

वुहान, ३० जेठ । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज… पुरा पढौ

इजरायलको संसदमा आइतबार प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान

जेरुसेलम, ३० जेठ । इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् । प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ । इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई विस्थापित गर्न नसके संसदको… पुरा पढौ

रकेटमा १० मिनेट यात्रा गर्न २८ मिलियन डलर !

न्यु सेफर्ड स्पेस रकेटमा यात्रा गर्न एक जनाले २८ मिलियन डलर तिरेका छन् । अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको रकेटमा यात्रा गर्न एक जनाले २८ मिलियन डलर तिरेका हुन् । यो रकम नेपाली रुपैयाँमा ३ अर्ब २७ करोड हुन आउँछ । नाम नखुलाइएका ति व्यक्तिले २० जुलाईमा बेजोससँग १० मिनेट यात्रा गर्न पाउनेछन् । शनिबार भएको लिलामी बढाबढमा एकजनाले २८ मिलियन डलर कबोल गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेजोससँगको यात्राका लागि यसअघि विश्वभरबाट टिकट खरिद… पुरा पढौ

कोभिड खोप लगाएका ६० हजारमात्र हजमा सहभागी हुन पाउने : साउदी अरब

साउदी अरबले हजमा ६० हजारलाई मात्र अनुमति दिने घोषणा गरेको छ। साउदीको विदेश मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलने जोखिम रहेको भन्दै ६० हजारलाई मात्र हजको अनुमति दिने घोषणा गरेको हो। मन्त्रालयमा हजमा सहभागी हुन स्थानीयलाई मात्रै अनुमति दिने पनि उल्लेख गरेको छ। हजमा सहभागीको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै ६० हजारभन्दा धेरैलाई सहभागी हुन नदिने निर्णय गरेको साउदी सरकारले बताएको छ। अब साउदीमै रहेका साउदी नागरिकले मात्रै हजमा सहभागी हुन सक्नेछन्। यस्तै कोभिडविरुद्धको खोप लगाएका १८ देखि ६५ वर्षसम्मका मानिस मात्रै… पुरा पढौ

भारतमा संक्रमित घटे : ११ लाखभन्दा कम सक्रिय संक्रमित

भारतमा गएको २४ घण्टामा ७० दिन यताकै कम संक्रमित भेटिएको छ। गत २४ घण्टामा ८४ हजार ३ सय ३२ जनामा कोरोना पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो संख्या ७० दिन यताकै कम हो। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा कम भएको छ। यो संख्या ६३ दिनपछिको कम हो। भारतमा अहिले १० लाख ८० हजार ६ सय ९० जना सक्रिय संक्रमित छन्। यस्तै गत २४ घण्टामा भारतमा ४ हजार २ जनाको मृत्यु भएको छ। भारतमा निको… पुरा पढौ

कोरोनाविरुद्धको खोपले मृत्यु र अस्पताल भर्ना दर कम : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ खोपले मृत्यु र अस्पताल भर्ना हुने दर कम गरेको दाबी गरेको छ। कोभिड खोपले मृत्यु र अस्पताल भर्ना हुनबाट रोक्न महत्वपूर्ण भूमिका खेलेको भएपनि कति समय मानिसलाई खोपले सुरक्षित राख्छ भन्ने नखुलेको डब्लूएचओले जनाएको छ। कति समय मानिसलाई खोपले सुरक्षित राख्छ भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको भन्दै डब्लूएचओले अबको १२ महिनामा यसको बारेमा जानकारी पाइने बताएको छ। ‘अहिलेसम्म जति खोप बनेका छन्। तिनको बारेमा कुनै जानकारी प्राप्त छैन’, डब्लूएचओले थप भनेको छ, ‘अबको १२ महिनामा… पुरा पढौ

इथियोपियामा ३३ हजार बालबालिकाको खान नपाएर मृत्यु हुने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले इथियोपियामा झण्डै ३३ हजार बालबालिकाको भोक र कुपोषणका कारण मृत्यु हुने चेतावनी दिएको छ। राष्ट्रसंघको बच्चाको लागि काम गर्ने संस्था संयुक्त राष्ट्र बालकोषले इथियोपियाको टिग्रेमा झण्डै ३३ हजार बालबालिकाको भोक र कुपोषणका कारण मृत्यु हुने चेतावनी दिएको हो। सरकारी सुरक्षाबल र विद्रोहीबीच लगातार संघर्ष चलिरहँदा टिग्रेको अवस्था नाजुक बन्दै गएको छ। नोभेम्बर २०२० मा सुरु संघर्षपछि टिग्रेबाट झण्डै १७ लाख मानिस विस्थापित भइसकेका छन्। राष्ट्रसंघको एक अध्ययनले टिग्रेमा मात्रै झण्डै ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको… पुरा पढौ

साइप्रसमा पहिलो महिला सभामुख अन्निटा डिमेट्रिओ चयन

निकोसिया, २८ जेठ । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान भएकी हुन । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरिन । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिइन । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताए ।… पुरा पढौ

चीनमा कोभिड-१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

बेइजिङ, २८ जेठ । चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ । विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५… पुरा पढौ