अन्तर्राष्ट्रिय 🗺

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

वासिङ्टन २७ मङ्सिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै ती मुद्धाहरु खारेज गरिदिएको हो । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उहाँले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ । जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो । अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ… पुरा पढौ

सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत

ब्रसेल्स, २७ मंसिर । युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । युरोपेली परिषदका अध्यक्ष चाल्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका हुन । उनले जलवायू परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी मुलुक भएको बताए । युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भन्नुभयो, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने छ । यसले सन् २०५० मा… पुरा पढौ

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन, खोप लगाउने बाटो खुल्याे

वासिङ्टन, २६ मंसिर । अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । यहाँ विगत ४८ घण्टाको अवधिमा मा ६ हजार भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो मृत्युदर बढेसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ… पुरा पढौ

भारतमा बिहीबार नयाँ २९ हजार ३९८ सङ्क्रमित थपिए

काठमाडाैं, २६ मङ्सिर । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । जसमध्ये ९२ लाख ९० हजार ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार ७४९ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३३ औँ दिन हो ।… पुरा पढौ

फेसबुकविरुद्ध अमेरिकाका ४८ राज्यको तर्फबाट संघीय अदालतमा मुद्दा दायर

बोस्टन, अमेरिका, २६ मंसिर । फेसबुकको एकाधिकार अन्त्यको माग गर्दै अमेरिकाको संघीय अदालतमा मुद्दा परेको छ । फेसबुकको गलत प्रभुत्वविरुद्ध अमेरिकाका लगभग सबै अर्थात् ४८ राज्यको तर्फबाट संघीय अदालतमा मुद्दा दायर भएको हो । फेडरल ट्रेड कमिशनले फेडलर कोर्टमा दायर गरेको मुद्दामा ४८ राज्यका महान्यायाधिवक्ताले हस्ताक्षर गरेका छन् । फेसबुकले डिजिटल बजारमा एकाधिकार जमाएको, आफ्नो प्रभुत्वको व्यापक दुरुपयोग गरेको र प्रतिरोधात्मक व्यवहार गरेको गम्भीर आरोप लगाइएको छ । विगत एक दशकदेखि फेसबुकले आफ्नो प्रभुत्व विस्तारसँगै एकाधिकार शक्तिको दुरुपयोग गरि साना… पुरा पढौ

ईसीबीद्वारा महामारीमा लक्षित छ खर्ब डलरको थप कार्यक्रम घोषणा

टोकियो, २६ मङ्सिर । यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले महामारीजन्य आपतकालीन खरीद कार्यक्रमको थप ६ खर्ब पाँच अर्ब अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ । उक्त कार्यक्रमलाई सन् २०२२ को मार्चसम्मका लागि बिस्तार गरिएको हो । नयाँ कार्यक्रमले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ईसीबीले आफ्नो मौद्रिक नीतिसम्बन्धी बैठकपछि बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महामारीजन्य आपतकालीन खरीद कार्यक्रमलाई यस पहिले यसै वर्षको मार्चमा ल्याइएको थियो जुनमा थप ६ खर्ब यूरो थप गरिएको थियो । अब… पुरा पढौ

कोभिड-१९ विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने घोषणा

न्यूयोर्क, २५ मंसिर । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ । फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको छ । फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले… पुरा पढौ

बेलायतपछि क्यानाडाले पनि फाइजर खोपलाई स्वीकृति दियो, अर्काे हप्तादेखि लगाउन शुरु गरिने

ओटावा, २५ मङ्सिर । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताइएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको… पुरा पढौ

ब्राजिलमा कोरोना भाइरसबाट करिब एक लाख ७९ हजारको मृत्यु

साओ पाओलो, २५ मङ्सिर । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लाे पटक ८३६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार ९९५ जनाको मृत्यु भएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४५३ जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा… पुरा पढौ

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

नयाँ दिल्ली, २५ मङ्सिर । कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् । आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् । सरकारले ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै आइरहेको कानूनहरू किसानहरूले भने खारेज नै गर्नु पर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको छ । गृहमन्त्री अमित शाहले बोलाएपछि किसान अगुवाहरूसँग भएको बैठकपछि सरकारले संशोधनका लागि प्रस्ताव पठाएको हो । “हामीलाई सरकारले पठाएको प्रस्ताव अस्वीकार्य छ,” क्रान्तिकारी… पुरा पढौ