अन्तर्राष्ट्रिय 🗺

विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

अबुजा, ३ पुस । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् । यस घटनामा आतङ्ककारी समूह बोको हरामको हात रहेको छ । अपहरण मुक्त भएका प्रायःविद्यार्र्थिहरु केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताए । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए । कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई… पुरा पढौ

चीनको चन्द्रमा सर्वेक्षण परियोजनाको सफलताबाट मानव जातिको चन्द्रमा सर्वेक्षण गर्ने शक्ति उकासिएको

बेइजिङ, ३ पुस । डिसेम्बर १७ तारिखमा एक बजेर ५९ मिनेट जाँदा, चीनको चन्द्रमा सर्वेक्षण गर्ने परियोजना, छाङ अ नम्बर ५ यान चन्द्रमाको माटो र चट्टानको नमूना बोकेर चीनको भित्री मङ्गोलियाको निर्धारित क्षेत्रमा सुरक्षित रूपमा अवतरण गर्याे । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चन्द्रमा सर्वेक्षण परियोजनाको मुख्य निर्देशनालय तथा उक्त परियोजनामा सहभागी सबै कर्मचारीलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गरे । चीनको चन्द्रमा सर्वेक्षण परियोजनाले सन् २००४ देखि चरणबद्ध रूपमा नयाँ उपलब्धि हासिल गरेको छ। चीनले सन् २००४ देखि औपचारिक… पुरा पढौ

अमेरिकामा मोडेर्नाको खोप अनुमोदित, एफडीएले छिटै स्वीकृत गर्ने

बोस्टन, अमेरिका, ३ पुस । कोरोना भाइरसविरुद्ध लड्न अर्काे अमेरिकी कम्पनी मोडेर्नाको खोपले आपतकालिन प्रयोगको अनुमति पाउने भएको छ । अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए) सल्लाहकार समितिले खोपसम्बन्धी आवश्यक अध्ययनपछि एफडीएलाई बिहीबार अनुमतिका लागि सिफारिस गरेको हो । यो खोप १८ वर्षभन्दा माथिको उमेरकालाई सुरक्षित हुने भनिएको छ । बिहीबार सल्लाहकार प्यानलका २१ मध्ये २० सदस्यले मोडेर्नाको खोप अनुमोदनको पक्षमा मत दिएका छन् । एकजना भने तटस्थ रहे । यसअघि फाइजरको खोपका पक्षमा १७ मत, विपक्षमा ४ मत परेको… पुरा पढौ

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

जाकार्ता, २ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।… पुरा पढौ

चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

बेइजिङ, २ पुस . चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन गर्यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् । चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको जनाएको छ । अन्तरिक्ष यान… पुरा पढौ

अमेरिकामा ६ करोड मानिस हिमआँधीको चपेटामा

बोस्टन, अमेरिका, २ पुस । अमेरिकाको उत्तरपूर्वी क्षेत्रका केही राज्यमा बुधबार र बिहीबार ठूलो हिमपात र समुद्री आँधीको चेतावनी दिइएको छ । बुधबार साँझ सुरु भई बिहीबार दिउसोसम्म चल्ने हिमआँधीले यस क्षेत्रका कैयन् राज्यमा केही फिट हिउँ पर्नुका साथै जनजीवन प्रभातिव पार्ने मौसम पूर्वानुमान केन्द्रले चेतावनी दिएको छ । न्यूयोर्क र बोस्टन क्षेत्रमा कम्तिमा एक फिट हिउँ पर्ने र अन्यत्र १६ इन्चसम्म हिउँ पर्ने केन्द्रको अनुमान छ । सिजनको यो दोस्रो ठूलो हिमपात हुन लागेको हो । गत अक्टोबार ३०… पुरा पढौ

कोरोनाविरुद्ध लड्न फाइजरपछि मोडेर्नाको खोप अनुमति पाउने चरणमा

बोस्टन, अमेरिका, २ पुस । कोरोना भाइरसविरुद्ध लड्न पहिलो खोप सुरु भएलगत्तै दोस्रो कम्पनीको खोप केहीदिनमै आउँदैछ । अमेरिकी कम्पनी फाइजरको खोपले अनुमति पाएर प्रयोगमा आएको केहीदिन भित्रै अर्काे अमेरिकी कम्पनी मोडेर्नाको खोप अनुमति पाउने चरणमा रहेकाे छ । अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए) ले मोडेर्नाको खोप झण्डै ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको आफ्नो विश्लेषण मंगलबार सार्वजनिक गरेको छ . अमेरिकामा कोरोनाविरुद्ध फाइजरको खोप सुरु गरेको भोलिपल्ट मोडेर्नाको खोप पनि उत्तिकै प्रभावकारी र सुरक्षित भनी विश्लेषण गरिएपछि यसले… पुरा पढौ

विद्यालयबाट ३३३ विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार

अबुजा, १ पुस । नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जनाएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो । बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो ।… पुरा पढौ

एशिया नै विश्वमा गरिबी निवारणमा योगदान दिने सबभन्दा ठूलो क्षेत्र

काठमाडाैं, १ पुस । चालु वर्ष आकस्मिक रूपमा आएको कोरोना महामारीबाट एशियाका विभिन्न मुलुकको गरिबी अवस्थामा प्रभाव परेको सबभन्दा प्रत्यक्ष कारक तत्व हो । र एशियान नै विश्वमा गरिबी निवारण क्षेत्रमा योगदान दिने सबभन्दा ठूलो क्षेत्र बनेको छ। उक्त जानकारी पोआउ एशिया मञ्चले डिसेम्बर १५ मा प्रकाशित ‘एशियामा गरिबी निवारण २०२०’ मा उल्लेख गरिएको हो। ठूलो आर्थिक बृद्धि भइरहेको हाराहारीमा एशियामा विकासोन्मुख मुलुकको आर्थिक तथा सामाजिक संक्रमण आधारभूत रूपमा विश्वको अर्थतन्त्र तथा गरिबी संचालन मूल स्थिति परिवर्तन गरिएको छ। सन्… पुरा पढौ

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको पुटिनको भनाई

मस्को, ३० मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताएका छन् । राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताएका छन् । राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी… पुरा पढौ