काठमाडाैं, १२ मंसिर । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोसेफ बाइडनलाई शुभकामना सन्देश पठाउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई व्यक्त गरेका छन्। आफ्नो शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन अमेरिका सम्बन्ध स्वस्थ र स्थिर रुपमा विकसित पार्नु नै दुवै देशका जनताको मूलभूत हितसँग अनुकूल मात्र नभई समस्त अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा रहेको औँल्याए । दुवै पक्षले सहमति र सामञ्जस्यता बनाउने, एकले अर्काको सम्मान गर्ने र सहकार्यमार्फत साझा जित हुने भावनालाई कायम राख्नुका साथै दुवै देशको सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा अघि बढाउँदै…
पुरा पढौ