अन्तर्राष्ट्रिय 🗺

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

काठमाडाैं, ५ मङ्सिर । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले बताएका छन् । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु¥याएको उनले बताए । केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना… पुरा पढौ

काेराेनाबाट अमेरिकामा दुई लाख ५० हजार बढीकाे मृत्यु

न्यूयोर्क, ४ मङ्सिर । अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ । यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् । अमेरिकामा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये दुई लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ । बुधबार एकै दिनमा एक लाख ५७… पुरा पढौ

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

सउल, ४ मङ्सिर । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । त्यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको हुन् । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो । ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने,… पुरा पढौ

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका पेन्टागनले जानकारी दिएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् । अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी दिएका हुन । प्राप्त समाचारअनुसार जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै… पुरा पढौ

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख क्रिस्टोफर क्रेब्सस बर्खास्त

वासिङ्टन, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन । हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन । राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका… पुरा पढौ

कोभिड-१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

जेनेभा, स्विजरल्याण्ड, २ मङ्सिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ । डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सवैलाई पर्याप्त उपचारको… पुरा पढौ

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस

जेनेभा, २ कात्तिक । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । “अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,” रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी… पुरा पढौ

ह्वाइट हाउसलाई अस्तब्यस्त बनाईरहे धेरै मानिसको मृत्यु हुने बाइडनको चेतावनि

काठमाडौं, २ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले ह्वाइट हाउस प्रशासनलाइ अस्तव्यस्त बनाई राखे अमेरिकामा अझैं धेरै मानिसको मृत्यु हुने हालै राष्ट्रपतिय निर्वाचनमा निर्वाचित जो बाइडनले चेतावनी दिएका छन् । डेलावेयरमा आयोजना गरीएको एक कार्यक्रममा बाइडनले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नको लागि ट्रम्पले राम्रो समन्वय नगरेको बताए । साथै उनले राष्ट्रपति ट्रम्पलाई आफ्नो पराजय स्वीकार गर्न हाग्रह गरे । ट्रम्प मत परिणाममा बाईडन भन्दा धेरै पछाडी परेका छन् । बाइडनले आवश्यक २७० इलेक्टाेरल भोट भन्दा ३०६ इलेक्टोरल भोट पाएका छन्… पुरा पढौ

विश्वको छानोमा सागसब्जीको विकास चमत्कार

काठमाडाैं, २ कात्तिक । पहिले, सागसब्जी तिब्बतको दुर्लभ सामग्री थियो। त्यस अवधिमा ल्हासा र सिगात्से लगायतका केही क्षेत्रहरूमा मूला र आरु रोपिन्थ्यो। बीस वर्षअघि तिब्बतमा सागसब्जीको अभाव थियो। त्यस अवधिमा “मासुभन्दा सागसब्जी महँगो” भन्ने भनाइ थियो। सन् १९९८मा सिगात्सेको पाइ लाङ जिल्लालाई सहायता दिने शान तुङ प्रान्तीय चि नान शहरका अधिकारीहरूले शान तुङको सागसब्जीको अत्याधुनिक प्रविधि भित्र्याउने र पाइ लाङ जिल्लामा पठारभूमि सागसब्जी व्यवसायको विकास गर्ने कुरा प्रस्तुत गरेका थिए। हाल पाइ लाङ जिल्लाले राष्ट्रिय स्तरीय सागसब्जी मापदण्ड उत्पादन नमूना… पुरा पढौ

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारको लगातार चौथो कार्यकाल सुरु

नयाँ दिल्ली, १ मङ्सिर । भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहेका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन । उनको अहिलेको लगातारको कार्यकाल चौथो पटक भएपनि मुख्यमन्त्री भने सातौ पटक भएका छन् । उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन्। उनीहरुलाई पनि आजै सपथ ग्रहण गराइएको छ । प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा… पुरा पढौ