अन्तर्राष्ट्रिय 🗺

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

नयाँदिल्ली, २५ माघ । भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा सेमिकन्डक्टर क्षेत्रमा आपसी साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका छन् । हिन्द महासागर क्षेत्रका छिमेकी राष्ट्रहरू व्यापार र सुरक्षा सम्बन्ध विस्तारतर्फ अग्रसर भइरहेका बेला दुवै देशले प्रविधि–आधारित सहकार्यलाई प्राथमिकता दिने सङ्केत गरेका छन् । प्रधानमन्त्री मोदी शनिबार मलेसिया पुग्नुभएको हो । यो एक दशकभन्दा बढी समयपछि भएको उहाँको पहिलो भ्रमण हो । भ्रमणका क्रममा उहाँले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र कृत्रिम बौद्धिकता (एआई)… पुरा पढौ

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

टोकियो, २५ माघ । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त गर्दै आइतबार संसदीय निर्वाचनको मतदान सुरु भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले आर्थिक सहयोग र धार्मिक घोटालाका कारण दबाब झेले पनि ताकाइचीले त्यसलाई उल्ट्याउने विश्वाससहित मध्यावधि निर्वाचनको आह्वान गर्नुभएको हो । ताकाइची लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ । विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपी हाल विश्वासको सङ्कटमा परे पनि उहाँले दक्षिणपन्थी एजेन्डामार्फत अर्थतन्त्र र सैन्य… पुरा पढौ

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था संकटग्रस्त

संयुक्त राष्ट्रसंघ, २४ माघ । गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूलाई दुर्व्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। यसैबीच, सर्वसाधारणलाई लक्षित गर्दै भइरहेका इजरायली आक्रमणका कारण मानवीय अवस्था झन् जटिल बन्दै गएको छ। संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाका सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा हवाई आक्रमण र गोलाबारी निरन्तर भइरहेको छ, जसका कारण मानवीय क्षति र भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको छ। कार्यालयले बिहीबार इजरायली सेनाले शरणार्थीका लागि स्थापित विद्यालय समूहअन्तर्गत अन्तिम… पुरा पढौ

डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

काबुल २३ मााघ । डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ । विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्देपी पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मुल्य तीव्र वृद्धि रेकर्ड गरेको छ । टोलो न्यूजलाई उद्धृत गर्दै एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुहरूको मूल्य १००– १,००० अफगान भन्दा बढीको… पुरा पढौ

इरान–अमेरिका ओमान वार्ता तयारी

मस्कट, २३ माघ । घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् । वासिङ्टनले इरानी आणविक कार्यक्रमसहित अन्य विषयमा कूटनीतिक प्रगतिको सम्भावना छ कि छैन भन्ने जाँच गर्ने उद्देश्यले सैन्य कारबाहीलाई अस्वीकार गर्दै वार्तामा जान लागेको जनाएको छ । वार्ता स्थान, समय र ढाँचाबारे लामो अनिश्चिततापछि बुधबार राति पुष्टि भएको हो । गत जुनमा संयुक्त राज्य अमेरिकाले इरानका आणविक साइटहरूमा आक्रमण गरी यस मुलुकविरुद्ध इजरायलको युद्धमा सामेल भएपछि दुई देशबीच हुने यो… पुरा पढौ

बलुचिस्तान आक्रमणप्रति संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कडा निन्दा

न्यूयोर्क, २१ माघ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पाकिस्तानको बलुचिस्तान प्रान्तका विभिन्न स्थानमा शनिबार भएका आतङ्कवादी आक्रमणको कडा निन्दा गरेको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरूले उक्त घटनालाई 'अत्यन्तै घृणित र कायरतापूर्ण आतङ्कवादी आक्रमण' भन्दै कडा शब्दमा निन्दा गरेका छन्। विज्ञप्तिअनुसार यस निन्दनीय आतङ्कवादी कार्यका कारण ४८ जनाको ज्यान गएको छ, जसमध्ये ३१ जना सर्वसाधारण रहेका थिए। मृतकहरूमा पाँच महिला र तीन बालबालिका समेत रहेका छन्। उक्त आक्रमणको जिम्मेवारी बलुचिस्तान मुक्ति सेनाले लिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।… पुरा पढौ

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया), २१ माघ । मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको हत्या गरेको अधिकारीहरूले बुधबार बताएका छन् । मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । “आज बिहान मलाई ३५ देखि ४० जनाको शव गणना गरिएको जानकारी दिइयो”, काइमा क्षेत्रका स्थानीय सांसद साइदु बाबा अहमदले भन्नुभयो । प्रहरीले आक्रमणको पुष्टि गरेको थियो, तर हताहतको पूर्ण तथ्याङ्क सार्वजनिक भएन । राज्य सरकारले यसलाई ‘आतङ्कवादी कक्षहरू’ द्वारा गरिएको बताएको छ । “अरू धेरैजना बन्दुकको गोली लागेर झाडीमा भागेका छन्”, अहमदले भन्नुभयो… पुरा पढौ

अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं, २१ माघ।संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवसले संस्कृति र विश्वासमा विविध भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ । मानव भ्रातृत्वले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घद्वारा राफाह सीमा नाका पुन : खोल्ने निर्णयको स्वागत

न्युयोर्क, २० माघ । संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकहरूलाई स्वेच्छाले सुरक्षित रूपमा गाजा पट्टीमा फर्कन अनुमति दिनु पर्ने बताउदै राफाह सीमा नाका पुनः खोल्ने निर्णयको स्वागत गर्दै सहायताको दायरा विस्तार गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरुसँगको साक्षातकारमा रफाह लगायतका सबै सीमानाकाहरु मार्फत न्यूनतम अवरोधहरूसहित गाजामा पर्याप्त मानवीय सहायताको अनुमति दिने आवश्यकतामा जोड दिनु भएको छ । आफ्नो तर्फबाट अधिकृत प्यालेस्टिनी क्षेत्रका संयुक्त राष्ट्रका आवासीय संयोजक रमिज अलेक्पेरोभले दुवै दिशामा राफाह सीमा पुनः… पुरा पढौ

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गर्ने बताउनुभएको छ । उहाँका अनुसार भविष्यमा हार्वर्डसँग कुनै थप सहकार्य गर्ने योजना पनि छैन । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै हाल एक अर्ब डलर क्षतिपूर्तिको माग अघि सारिएको र हार्वर्ड विश्वविद्यालयसँग अब थप कुनै काम गर्न नचाहेको उल्लेख गर्नुभएको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले हार्वर्डसहित केही प्रतिष्ठित कलेजहरूले तथाकथित ‘वेक’ विचारधारालाई प्रवर्द्धन गरेको आरोप लगाएका छन् ।… पुरा पढौ