अन्तर्राष्ट्रिय 🗺

अमेरिकी फिर्तीको कारण सही नभएको डब्ल्युएचओ प्रमुखको दावी

जेनेभा, १२ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले शनिबार अमेरिकाले विश्वव्यापी स्वास्थ्य अनुगमनकारी संस्था (डब्ल्युएचओ)बाट पछि हट्नुपर्ने कारणलाई ‘असत्य’ भन्नुभएको छ। सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओ प्रमुख टेड्रोसले टिप्पणी गर्नुभयो, “यो कदमले संयुक्त राज्य अमेरिका र विश्वलाई ‘कम सुरक्षित’ बनाउनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ जनवरी २० मा संयुक्त राष्ट्रसङ्घको विशेष निकायबाट औपचारिक रूपमा बाहिरिने कार्यविधिमा हस्ताक्षर गर्नुभएको थियो । त्यसको दुई दिनपछि संयुक्त राष्ट्रसङ्घले औपचारिक सूचना प्राप्त गरेको… पुरा पढौ

दक्षिण सुडानको अवस्थाबारे ओएचसीएचआर चिन्तित

न्यूयोर्क, १२ माघ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग (ओएचसीएचआर) ले दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घले यस्तो घटनाक्रमले नागरिकहरू विरुद्ध सामूहिक हिंसाको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँने र शान्ति सम्झौतालाई अझ बिगार्ने चेतावनी दिएको छ । ओएचसीएचआरले प्रभावकारी कमान्ड र नियन्त्रण प्रयोग गर्ने कमान्डरहरू लगायतका सार्वजनिक बयानहरू, सेना परिचालनसँग मिल्दोजुल्दो हुदाँ शान्ति प्रक्रियाको आधार कमजोर भएको क्षणमा हिसांत्कम क्रियाकलापमा वृद्धि हुने जनाएको छ । आयोगले अपराधहरू रोक्न वा सजाय दिन… पुरा पढौ

म्यान्मामा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित

याङ्गुन, ११ माघ । म्यान्मामा तीन चरणमा सम्पन्न हुने आम निर्वाचनको अन्तिम चरणमा आइतबार मतदान भएको छ । करिब एक महिना लामो यो प्रक्रियाबाट देशका सैन्य शासक र तिनीहरूका राजनीतिक सहयोगीहरूले नयाँ सरकार गठन गर्न आवश्यक संसदीय बहुमत पहिले नै सुनिश्चित गरिसकेका छन् । आलोचकहरूका अनुसार यो निर्वाचन स्वतन्त्र र निष्पक्ष दुवै छैन । सन् २०२१ को फेब्रुअरीमा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेपछि सेनाले आफ्नो शक्ति वैधानिक देखाउन यो चुनाव आयोजना गरेको आरोप उनीहरूको छ । सेना समर्थित युनियन सोलिडारिटी… पुरा पढौ

क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो

वासिङ्टन, ११ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग गरेको व्यापारिक सहमति कार्यान्वयन भएमा क्यानडाबाट आयात हुने वस्तुहरूमा उच्च आयात शुल्क लगाइने सङ्केत दिनुभएको छ । यसले क्यानडा र संयुक्त राज्य अमेरिकाबीच हाल देखिएको मतभेदलाई थप स्पष्ट बनाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई चीनका वस्तुहरू संयुक्त राज्य अमेरिकामा प्रवेश गराउने माध्यमका रूपमा प्रयोग गरिनु उपयुक्त नहुने बताउनुभयो । उहाँले क्यानडाको हालको कदमप्रति गम्भीर ध्यानाकर्षण रहेको उल्लेख गर्नुभयो । क्यानडाले… पुरा पढौ

अमेरिकाको डब्लुएचओबाट फिर्ती, विश्व स्वास्थ्यमा अनिश्चितता

न्युयोर्क,९ माघ । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण रूपमा टुंगिएका छैनन् । डब्लुएचओका अनुसार अमेरिकाले अझै सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड डलरभन्दा बढी रकम बक्यौता रहेको छ… पुरा पढौ

पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो

कराँची, ९ माघ । पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन् । जनवरी १७ मा तीन तले उक्त मलमा आगलागी भएको थियो। घटनाको छ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन् । प्रवक्ताका अनुसार हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षण प्रक्रिया अझै जारी छ । डीएनए विश्लेषणमार्फत आठ जनाको पहिचान… पुरा पढौ

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव

ब्रसेल्स, ९ माघ । युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ पिस’ (शान्ति बोर्ड) प्रति गम्भीर शङ्का व्यक्त गरेको छ । युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबार मध्यरातपछि सम्पन्न आपतकालीन शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभयो । कोस्टाका अनुसार शान्ति बोर्डको कार्यक्षेत्र, शासन संरचना तथा संयुक्त राष्ट्रसंघको बडापत्रसँगको अनुकूलतासहितका विभिन्न पक्षप्रति ईयूलाई गम्भीर आपत्ति छ । उहाँले ईयू कुनै पनि प्रकारको दबाबको सामना गर्न तयार रहेको र आफ्ना सदस्य राष्ट्र, नागरिक तथा व्यवसायिक हितहरूको संरक्षण गर्ने स्पष्ट… पुरा पढौ

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन, ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति र वितरणमा नियन्त्रण बढाउने प्रयासअन्तर्गत अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित सातौँ प्रतिबन्धित तेल ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी दक्षिणी कमाण्डका अनुसार ‘एमभी साजिट्टा’ नामक उक्त तेल ट्याङ्करलाई कुनै अप्रिय घटना बिना नियन्त्रणमा लिइएको हो । सो ट्याङ्कर क्यारेबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरूमाथि लागू गरिएको अमेरिकी ‘क्वारेन्टाइन’ को उल्लङ्घन गर्दै सञ्चालन भइरहेको जनाइएको छ । लाइबेरियामा दर्ता भएको उक्त ट्याङ्कर हङकङस्थित कम्पनीको स्वामित्व तथा व्यवस्थापनमा रहेको बताइएको छ ।… पुरा पढौ

पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद

सियोल, ७ माघ । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ । सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गर्नुभएको ठहर’ गर्नुभयो । अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो । छयत्तर वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएपछि तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको… पुरा पढौ

किमद्वारा उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त

सियोल, ६ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उहाँले एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गर्नुभएको हो । सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिनुहुँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीहरूलाई तीव्र रूपमा हप्काउनुभयो । ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ… पुरा पढौ