अन्तर्राष्ट्रिय 🗺

अमेरिकामा अत्यधिक हिमपात, २४ सय बढी उडान अवरुद्ध

वासिङ्टन, १९ माघ । संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार – आइतवार सम्मा १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ । यसै विच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ । यसैबीच, हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतवार एटलान्टा जाने लगभग ५० वटा उडानहरू बाहेक ६००… पुरा पढौ

युद्धविरामसँगै गाजामा ‘रफाह नाका’ आवतजावतको लागि खोलिँदै

काइरो, १९ माघ । इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ । दुई वर्षभन्दा बढी समयदेखि युद्ध र नाकाबन्दीको मारमा परेका गाजावासीहरूले आइतबार आशा र अधैर्यका साथ नाका पुनः खोल्ने तयारी अवलोकन गरेका छन् । इजरायलले हमाससँग भएको युद्धविराम कार्यान्वयनको प्रक्रियासँगै रफाह नाका पुनः खोलिने जनाएको हो । इजरायली अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा अत्यन्तै सीमित सङ्ख्यामा मानिसहरूलाई मात्र आवतजावतको अनुमति दिइनेछ । खान युनिसकी बासिन्दा घालिया अबु मुस्तफाले नाका खुल्नु… पुरा पढौ

बेलायत-भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै

नयाँदिल्ली १६ माघ । बेलायत भारत शैक्षिक सहयोग नयाँ चरणमा प्रवेश गर्न तयार भए सँगै नौ वटा बेलायती विश्वविद्यालयहरूले भारतमा क्याम्पसहरू स्थापना गर्ने तयारी गरिरहेको जनाइएको छ । प्रविधिको विकासले उच्च शिक्षा, प्रतिभा विकास र रचनात्मक उद्योगहरूमा दीर्घकालीन साझेदारी निर्माण गर्ने व्यापक रणनीति प्रतिबिम्बित गरेको जनाइएको छ । ब्रिटिस काउन्सिलका प्रतिनिधि एलिसन ब्यारेटलाई उदृत गर्दै एएनआईले रचनात्मक अर्थव्यवस्थामा बढ्दो सहकार्यको रूपान्तरणकारी सम्भावनालाई प्रकाश पारेको छ । उहाँले विद्यार्थी, विचार र विशेषज्ञताको दुई तर्फी सहयोग प्रवाहलाई जोड दिदै यसलाई नयाँ क्याम्पसहरूले पनि… पुरा पढौ

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

सियोल, १६ माघ । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको छ। तथ्याङ्क मन्त्रालयका अनुसार, राजनीतिक अनिश्चितताको प्रभावका कारण पहिलो अर्धवार्षिकमा औद्योगिक उत्पादन सूचकाङ्क मात्र ०.५ प्रतिशतले बढेको छ। यो वृद्धि सन् २०२० पछि सबैभन्दा न्यून हो। गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ। नयाँ सरकारले सन् २०२५ को जूनमा आकस्मिक राष्ट्रपति निर्वाचनमार्फत पदभार ग्रहण गरेको थियो। उद्योगगत विवरणअनुसार, निर्माण क्षेत्रको उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ भने सेवा… पुरा पढौ

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

बेइजिङ, १५ माघ । बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताउनुभयो । दुवै नेताबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेट… पुरा पढौ

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा इयु

ब्रसेल्स, १५ माघ  । राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लगाउन युरोपेली सङ्घ (इयु) तयारी अवस्थामा देखिन्छ । यसले इस्लामिक गणतन्त्रमा थप दबाब दिएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित सैन्य आक्रमणको खतरालाई पनि बढाएको छ । अमेरिकाले युएसएस अब्राहम लिङ्कन र अन्य निर्देशित मिसाइल विध्वंसकहरू मध्यपूर्वमा पठाएको छ । इरानले पनि प्रतिघातको चेतावनी दिएको छ, जसले अमेरिकी सैन्य आधार र इजरायलसहित क्षेत्रीय लक्ष्यहरूलाई जोखिममा पार्न सक्छ । विरोध प्रदर्शनमा कम्तीमा छ हजार ३७३ जनाको… पुरा पढौ

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल, १४ माघ । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ । त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उहाँका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो ।… पुरा पढौ

भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

वासिङ्टन, १४ माघ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिनुभएको छ । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उहाँले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गर्नुभयो । उहाँका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । “अन्य सबै उपाय असफल भएमा… पुरा पढौ

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

भारत र युरोपेली सङ्घ (इयु) बीच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले मङ्गलबार बिहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री मोदीले सोमबार सम्पन्न भएको यो सम्झौताले विश्वका दुई… पुरा पढौ

सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ

जेनेभा, १३ माघ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन ९आइओएम० ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिसहरू हराएको हुन सक्ने जनाएको छ । आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी –२३ मा र एउटा… पुरा पढौ