काराकास, २८ पुस । भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहो¥याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो । भेनेजुएला सरकारले जारी गरेको एक विज्ञप्तिमा जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकताको स्वतन्त्र अभ्यासप्रति आफ्नो समर्थन दोहो¥याइएको छ । सरकारका अनुसार यी मूल्यहरू अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत स्तम्भ हुन् । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनमा समावेश सिद्धान्तहरूप्रति आफ्नो प्रतिबद्धता पनि स्पष्ट गरिएको छ ।…
पुरा पढौ