अन्तर्राष्ट्रिय 🗺

पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना

ढाका, ८ मङ्सिर । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ । बङ्गलादेश न्युज २४ ले उहाँका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँलाई आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको बताएको छ । उहाँलाई अहिले निजी क्याबिनमा सघन चिकित्सा निरीक्षणका साथ राखिएको छ । मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार आगामी १२ घण्टा उहाँको स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहनेछ । उहाँले भन्नुभयो,… पुरा पढौ

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी

ह्यालिफ्याक्स (नोभा स्कोटिया), ७ मङ्सिर । रुस–युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका छन् । सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै भएको बताउनुभएको थियो । तर यस दाबीलाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट रूपमा असत्य भन्दै खण्डन गरे । त्यसपछि रुबियोले समेत… पुरा पढौ

अमेजन जलवायु सम्झौता : विश्व एकताको ‘जीत’, तर जीवाश्म इन्धनबारे निराशाजनक चुक

बेलेम (ब्राजिल), ७ मङ्सिर  । ब्राजिलको अमेजन क्षेत्रमा सम्पन्न संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन कोप–३० ले अन्ततः विश्वका करिब २०० राष्ट्रलाई एउटै सहमतिमा ल्याउन सफल भएको छ । यद्यपि, जीवाश्म इन्धनको भविष्यबारे अपेक्षित कडा प्रतिवद्धता भने दस्तावेजमा समावेश हुन नसकेकाले धेरै देशहरू असन्तुष्ट देखिए । दुई हप्तासम्म चलेको कठिन वार्ताका अन्तिम क्षणमा महासन्धि पारित भए पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताबाट अलग्गिएका कारण अमेरिकाको अनुपस्थिति स्पष्ट देखियो । शिखर वार्ताभर बेलेमले विशाल विरोध प्रदर्शन, आगलागी, सडक मार्च र… पुरा पढौ

भारतको नयाँ सुरक्षा–प्लेबुकः संयमभन्दा अगाडि बढेर राष्ट्रिय प्रतिरोधको पुनःपरिभाषा

नयाँदिल्ली, ६ मङ्सिर । भारतको परम्परागत रणनीतिक संयमले गत दशकका प्रमुख आतङ्कवादी घटनाक्रम र जनस्तरका कडा अपेक्षाहरूलाई चुनौती दिँदै एक नयाँ, दृढ र प्रष्ट सुरक्षा सिद्धान्तका लागि मार्ग बनाइरहेको छ । प्रसिद्ध विश्लेषक जोन स्पेन्सर र लरेन डगन एमोसद्वारा प्रस्तुत गरिएको मूल्याङ्कनअनुसार भारतले आतङ्कवादसम्बन्धी प्रतिक्रियादेखि लिएर पाकिस्तानसँगको तनाव व्यवस्थापन र इस्लामाबाद–बेइजिङ दुवैलाई प्रतिरोध सङ्केतहरू पठाउने ढङ्गसम्म अब निर्णायक मोड पार गरिसकेको छ । सन् २०१६ को उरी, सन् २०१९ को बालाकोट र सन् २०२५ को पहलगामलगायत पाकिस्तानमा भएका ठूला आतङ्कवादी… पुरा पढौ

कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन

नोम पेन्ह, ५ मङ्सिर । कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताउनुभयो । बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना… पुरा पढौ

नितिश कुमारद्वारा रेकर्ड दशौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ ग्रहण

पटना, ४ मङ्सिर । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यसपटक उहाँको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गर्नुभएको थियो… पुरा पढौ

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

वासिङ्टन, ४ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नुभएको छ । यो कदमले लामो समयदेखि आलोचना झेलिरहेको वासिङ्टनको शक्तिकेन्द्रमा नयाँ हलचल ल्याएको छ र राष्ट्रपति स्वयं उक्त बहसलाई पारदर्शितातर्फ मोड्न इच्छुक हुनुहुन्छ कि संवेदनशील विवरण लुकाउन खोज्दै हुनुहुन्छ भन्ने प्रश्न पनि उठेको छ । महिनौँसम्म चलेको विरोधमत उल्ट्याउँदै र मङ्गलबार दुर्लभ देखिने द्विदलीय सहमतिसहित विधेयक कंग्रेसबाट… पुरा पढौ

इजरायली कब्जा बलद्वारा हेब्रोनका विभिन्न क्षेत्रमा छापा मारी दर्जनौं प्यालेस्टिनीलाई गिरफ्तार

गाजा, ३ मङ्सिर । इजरायली कब्जा बलहरूले बुधबार हेब्रोन गवर्नरेटका विभिन्न क्षेत्रहरुमा आक्रमणसहित छापा मारी, दर्जनौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिनुका साथै बेत उमर सहरमा कडा घेराबन्दी गरेका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ९डब्लु ए एफ ए० ले हेब्रोन सहरको वाडी अल–हरियामा कब्जा गरेको सेनाले आक्रमण गरेको तथा शहीद इमरान अल–अतरासको घरमा छापा मारी घरका सामग्रीहरू पूर्ण रूपमा नष्ट गरेको रिपोर्ट गरेको छ । उनीहरूले अबु कटिलामा पनि आक्रमण गरी घरहरूमा छापा मारी बासिन्दाहरूलाई हिरासतमा लिएको जनाइएको छ । यसै गरी हेब्रोनको… पुरा पढौ

अफ्रिकामा पहिलो जी–२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह

जोहानेसबर्ग, ३ मङ्सिर । अफ्रिकामा पहिलोपटक आयोजना हुँदै गरेको जी–२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु–संवेदनशील राष्ट्रहरूका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकहरूले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ । जोहानेसबर्गको बाहिरी क्षेत्रमा अवस्थित तल्लो एलेक्जेन्ड्रामा भारी वर्षाका कारण क्षतिग्रस्त बनेको फोहोर रोक्ने जाल मर्मत गर्न स्वयंसेवकहरू जुक्सकेई नदीको कम्मर–गहिरो पानीमा काम गरिरहेका दृश्य यस सङ्कटको प्रत्यक्ष उदाहरण बनेको छ । यदि यी जालहरू नहुने हो भने बस्ती विनाशकारी बाढीको चपेटामा… पुरा पढौ

वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा

ब्रसेल्स, २ मङ्सिर । युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि, काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताउनु भएको छ । ब्रसेल्स स्थित युरोपेली आयोगको मुख्यालयमा प्यालेस्टिनी प्रतिनिधिमण्डल बिच प्रस्तुत टिप्पणीमा, कल्लासले धम्की अभियान, शारीरिक तथा मौखिक आक्रमण, सम्पत्ति र घरहरू नष्ट भएको विषयमा छलफल भइरहेको तथा यस्ता अभ्यासहरू ईयूलाई अस्वीकार्य भएको बताउनु भएको हो । युरोपियन युनियनले सहायता कार्यक्रम, विकास परियोजनाहरू र दुई–राज्य बिचको युद्ध समाधानको लागि… पुरा पढौ