अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णायक कदम : ट्रम्पको गाजा योजना पारित, अन्तर्राष्ट्रिय बललाई अनुमति

न्युयोर्क, २ मङ्सिर । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने व्यवस्थालाई समर्थन गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको छ । परिषद्ले १३–० मतले प्रस्ताव अनुमोदन गरेको हो । परिषद्का स्थायी सदस्य चीन र रुस मतदानबाट अनुपस्थित रहेका थिए । यो मतदान इजरायल र हमासले गत महिना ट्रम्पको २०–बुँदे योजना अन्तर्गतको प्रारम्भिक चरण—दुई वर्षदेखि जारी युद्धलाई रोक्ने युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइको सम्झौता—स्वीकार… पुरा पढौ

कोलम्बियामा सैनिक कारबाहीका बीच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

बोगोटा, २ मङ्सिर । कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाहरूको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरू सेनाको कारबाहीमा गोलीको शिकार भएको बताइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गर्नुभएको थियो । कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ । ती बालबालिकाहरूको उमेर… पुरा पढौ

ढाकामा सुरक्षा कडा, शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाब

ढाका, ३० कात्तिक । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहनुभएको छ । फैसला आउनुअघि नै देशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । शेख हसिना नेतृत्वको बङ्गलादेश अवामी लिगले आइतबार बिहानदेखि देशभर दुई दिने बन्दको घोषणा गरेपछि सामान्य जनजीवन… पुरा पढौ

रूसद्वारा २०२६ मा ‘इल–११४ विमान’ क्षेत्रीय यातायातका लागि उपलब्ध गराउने योजना

तेहरान, ३० कात्तिक । रूसका उद्योग तथा व्यापार उपमन्त्री जेन्नादी अब्रामेन्कोभका अनुसार, रूसमा निर्मित तीनवटा ‘इल–११४–३००’ विमानहरू सन् २०२६ मा क्षेत्रीय उडानका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । ‘इल–११४–३००’ रूस निर्मित एक क्षेत्रीय टर्बोप्रप एयरलाइनर हो, जसलाई मुख्य रूपमा छोटो र मध्यम दूरीका उडानका लागि डिजाइन गरिएको छ । उपमन्त्री अब्रामेन्कोभले यी विमानहरू विशेष गरी रूसको टाढा पूर्वी क्षेत्र, साइबेरिया र उत्तरी क्षेत्रमा सञ्चालन हुने बताउनुभएको छ, जहाँ विमानस्थलको पूर्वाधार सीमित छ र मौसमको अवस्था चुनौतीपूर्ण हुन सक्छ ।… पुरा पढौ

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

लाहोर (पाकिस्तान), ३० कात्तिक । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ । रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ । एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाहोरको एक्युआई ३९६ र मुल्तानको २५७ दर्ता भएको… पुरा पढौ

चिनियाँ राष्ट्रपति र थाई राजा बीच घनिष्ठ सम्बन्धको प्रतिबद्धता

बेइजिङ, २८ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ र थाइल्यान्डका राजा महा भाजिरालोङकोर्नले शुक्रबार ऐतिहासिक भ्रमणका क्रममा आफ्नो देशहरू बीच घनिष्ठ सम्बन्धको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो भ्रमण थाई राजाको चीन भ्रमणको पहिलो पटक हो र दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । सी जिनपिङ र उहाँकी पत्नी पेङ लियुआनले बेइजिङको विशाल ग्रेट हल अफ द पिपुलमा राजा भाजिरालोङकोर्न र उहाँकी पत्नी रानी सुथिडालाई सम्मानपूर्वक अभिवादन गर्नुभयो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार… पुरा पढौ

गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’: रुबियो

ह्यामिल्टन (क्यानाडा), २७ कात्तिक । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बल सम्बन्धी प्रस्तावबारे आशावाद व्यक्त गरेका छन् । उनका अनुसार उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयासहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् । “यो कार्यान्वयन हुने दिशामा अघि बढिरहेको छ भन्नेमा हामी आशावादी छौँ”, रुबियोले क्यानाडामा सम्पन्न जी–७ विदेशमन्त्रीहरूको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “हामीले प्रस्तावको भाषामा उल्लेखनीय प्रगति गरिरहेका छौँ र आशा छ कि यसमा शीघ्र सहमति जुटाएर कार्यान्वयनको चरणमा पुग्नेछौँ… पुरा पढौ

रष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वासिङ्टन, २७ कात्तिक । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो बनाएको छ । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूलाई शटडाउनको जिम्मेवार ठहर गर्दै अमेरिकी जनतालाई आगामी मध्यावधि चुनावमा यो बिर्सन नहुने चेतावनी दिए। “जब हामी फेरि चुनावमा पुग्छौँ, डेमोक्रेटहरूले… पुरा पढौ

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

मनिला, २६ कात्तिक । फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) आइतबार सुपर आँधीको रूपमा आएको फङ–वङले उत्तर–मध्य लुजोन पार गर्दा अवतरण हुनु अघि कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको बताएको छ । नोभेम्बर–४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउदा २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना… पुरा पढौ

अस्ट्रेलिया-इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

सिड्नी, २६ कात्तिक । अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ । सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशका नेताहरूले संयुक्त रूपमा उक्त जानकारी दिए। अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न आफ्ना रक्षा क्षमताहरू विस्तार गर्दै आएको छ र परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ । तर इन्डोनेसियाले भने बेइजिङसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहँदै अपेक्षाकृत… पुरा पढौ