अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्रसङ्घको सन् २०२६ बजेटमा १५% कटौती प्रस्ताव

संयुक्त राष्ट्रसङ्घ, १ असोज । महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अझ तीव्र पारेको दीर्घकालीन तरलता समस्याका कारण यस्तो कदम चालिएको हो । संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीका अनुसार संशोधित बजेट तीन अर्ब २३ करोड ८० लाख डलर रहनेछ र यसले दुई हजार छ सय ८१ रोजगारी कटौती गर्नेछ । सुरुमा २०२६ को बजेट २०२५ को स्तरमै तीन अर्ब ७० करोड डलर रहने प्रस्ताव गरिएको… पुरा पढौ

युरोपमा गर्मी-१६ हजार ५ सय मृत्यु जलवायु परिवर्तनसँग जोडिए

पेरिस, १ असोज । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो । जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष अस्पताल रेकर्डमा नभई विगतका सहकर्मी–समीक्षा अध्ययनमा प्रयोग गरिएका मोडलिङ विधिमा आधारित थिए । गर्मीको लहरका बेला मृत्यु प्रायः कम लेखिन्छ किनकि अस्पतालमा मुटु,… पुरा पढौ

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

लन्डन, ३१ भदौ  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन्। बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन । युक्रेन र मध्यपूर्वमा युद्ध जारी रहेका बेला तथा प्रमुख अर्थतन्त्रहरू अमेरिकी करसँग जुझिरहेका सन्दर्भमा बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न सक्ने आशा लिएको छ । तर यौन अपराधी जेफ्री एपस्टेनसम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रता युद्धले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको बैठकमा असहज क्षण ल्याउन सक्छ । शाही परिवारप्रति… पुरा पढौ

गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

जेरुसेलम, ३१ भदौ । एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ । यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गरे। यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भने। अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ । – बन्धक परिवारको विरोध – गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला… पुरा पढौ

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

वासिङ्टन, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिएका छन् । “हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी अहिले टिकटकसँग वार्ता गरिरहेका छौँ । हामी यसलाई बन्द गर्न सक्छौँ, वा अघि बढाउन सक्छौँ, ठ्याक्कै थाहा छैन । यो अन्ततः चीनमा निर्भर छ । यसले धेरै फरक पार्दैन । तर म यो बच्चाहरूको लागि गर्न चाहन्छु, किनभने उनीहरूलाई यो मन पर्छ”, न्युजर्सीमा पत्रकारहरूसँग कुरा… पुरा पढौ

चीनको रोजगार बजार अगस्टमा सन्तुलित, बेरोजगारी दर ५.३ प्रतिशतमा

बेइजिङ, ३० भदौ । चीनको रोजगारी बजार अगस्ट महिनामा समग्र रूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो । सन् २०२५ को पहिलो आठ महिनामा चीनको औसत शहरी बेरोजगारी दर ५.२ प्रतिशत रहेको ब्युरोले जनाएको छ । अगस्टमा देखिएको बेरोजगारीको सामान्य वृद्धि मौसमी कारणले भएको र यो दर अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो रहेको एनबीएसले स्पष्ट पारेको छ । रोजगारीमा ग्रामीण क्षेत्रका… पुरा पढौ

ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

लन्डन, ३० भदौ । विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडाहरू अभ्यास गर्दैछन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् । लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चार्ल्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा स्वागत गर्न सम्भव भएसम्म उत्तम प्रदर्शन गर्न सुनिश्चित गर्न काम गरिरहेका छन्। यो भ्रमण, चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने… पुरा पढौ

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया, २७ भदौ । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ । सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ । पाँच न्यायाधीशमध्ये चार जनाले उहाँलाई दोषी ठहर गरेका थिए । उहाँमाथि सन् २०२२ को चुनावमा पराजयपछि तत्कालीन राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्यूत गर्ने षड्यन्त्र गरेको आरोप थियो । अभियोजनकर्ताहरूका अनुसार सैन्य शीर्ष अधिकारीहरूको समर्थन नपाएकै कारण योजना असफल भएको हो । बोल्सोनारोको प्रतिरक्षा टोलीले सजायलाई ‘अविश्वसनीय रूपमा… पुरा पढौ

ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति

ओस्लो, २७ भदौ । आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अभियानबारे बढ्दो चर्चा भए पनि नर्वेली नोबेल समितिले आफ्नो स्वतन्त्रतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ । जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने इच्छा खुलेर व्यक्त गरेका छन् । ७९ वर्षीय अर्बपति ट्रम्पले गाजा र युक्रेनमा शान्ति ल्याउने प्रयास गरेको दाबी गर्दै आफू ‘पुरस्कारको योग्य’ भएको बताएका छन् । उनले बारम्बार सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अप्रत्याशित रूपमा पुरस्कार… पुरा पढौ

अमेरिकी भिसा सुधार बिना कोरियाली लगानीमा हिचकिचाहट : राष्ट्रपति ली

सियोल, २६ भदौ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारहरूका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीहरूले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिएका छन् । आफ्नो कार्यकालको एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सेप्टेम्बर ४ मा जर्जियामा भएको आप्रवासन छापामारीबारे पनि प्रष्ट्याए । सो घटनामा ह्युन्डाईको निर्माणाधीन ब्याट्री कारखानामा काम गर्ने तीन सयभन्दा बढी कोरियाली कामदार पक्राउ परेका थिए । लीका अनुसार वार्तापछि ती कामदारहरूलाई… पुरा पढौ