अन्तर्राष्ट्रिय 🗺

दुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार

काराकास, १७ भदौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन्। पत्रकार सम्मेलनमा उनले दिएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुएलाको पानीमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् । अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर, मदुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना… पुरा पढौ

भारत–रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् : प्रधानमन्त्री मोदी

तियानजिन (चीन), १६ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रुसबीचको मजबुत सम्बन्धलाई जोड दिँदै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री मोदीले नयाँदिल्ली र मस्कोबीचको सहकार्य विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताए। उनले भने, “सबैभन्दा कठिन परिस्थितिमा पनि भारत र रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् । हाम्रो घनिष्ठ सहयोग दुवै देशका जनताका लागि मात्र नभई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि पनि… पुरा पढौ

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ गर्दै पश्चिमलाई दोषारोपण

तियानजिन (चीन), १६ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाएका छन् । यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् । पुटिनले भने, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।” उनले सन् २०१३–२०१४ को युरोपेली… पुरा पढौ

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता : इजरायल-अमेरिका असन्तुष्ट

पेरिस, १५ भदौ । प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ । उनले गाजामा जारी युद्ध अन्त्य गर्न दुई–राज्य समाधानलाई अपरिहार्य भन्दै प्यालेस्टिनी राज्य शान्ति र इजरायलको सुरक्षाका लागि आवश्यक रहेको पत्रमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रस्ट पारे। म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताउनुभयो । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३ हजार नाघेको इजरायली तथ्याङ्क छ । हाल… पुरा पढौ

मोदीले ट्रम्पको नोबेल प्रयास अस्वीकार गर्दा भारत–अमेरिका सम्बन्धमा तनावः रिपोर्ट

वासिङ्टन, १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोन कलका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गरेका थिए । तर प्रधानमन्त्री मोदीले उक्त अनुरोध अस्वीकार गर्दै ट्रम्पको दाबीलाई खारेज गरेका थिए । भारतको आधिकारिक अडान अनुसार भारत र पाकिस्तानबीच भएको युद्धविराम अमेरिकाको संलग्नताबिना दुवै देशको प्रत्यक्ष सहमतिमा तय भएको थियो । न्युयोर्क टाइम्सको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ । रिपोर्ट अनुसार ट्रम्पको नोबेल पुरस्कार खोजीमा… पुरा पढौ

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ, १२ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्ष पूरा भएको अवसरमा अर्को हप्ता चीनमा आयोजना हुने विशाल सैन्य परेडमा भाग लिने भएका छन् । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनेछन् । परेडमा चीनले आफ्नो नवीनतम उपकरण र उच्च–टेक फाइटिङ गियर प्रदर्शन गर्नेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङको तियानमेन स्क्वायरमा सेनाको निरीक्षण गर्नेछन् । सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो… पुरा पढौ

ह्वाइट हाउसद्वारा सिडिसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वासिङ्टन, १२ भदौ । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुखले खोप सम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उनलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ । केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण(सिडिसीका अन्य पाँच जना वरिष्ठ अधिकारीहरूले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारहरूको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ। उनी स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखिे अनुभवप्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख… पुरा पढौ

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

लस एन्जलस, ११ भदौ । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ । ‘स्पेसएक्स’ अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी हो,जसले विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक पुनः प्रयोगयोग्य रकेट र अन्तरिक्ष यान विकास गर्ने काम गरिरहेको छ । यो कम्पनीले अन्तरिक्ष यातायातको लागत घटाउन र मानिसहरूलाई मंगल ग्रहसम्म लैजान चाहन्छ । स्पेसएक्सले व्यावसायिक र सरकारी मिसनहरू सञ्चालन गर्दै अन्तरिक्ष प्रविधिमा क्रान्ति ल्याइरहेको छ र यसको स्टारशिप रकेटले भविष्यका अन्तरिक्ष यात्रा र उपग्रह… पुरा पढौ

जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन

टोकियो, ११ भदौ । जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ । यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो । टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा जापानको एकीकरण गरेका थिए । उनी कोरियाली प्रायद्वीपमा गरेका असफल आक्रमणका कारण पनि परिचित छन् । नागोयास्थित एन्डोजी सपिङ आर्केडको सङ्घले उक्त मूर्तिलाई समुदायको प्रतीकात्मक आकृति मान्दै आएको छ । सङ्घका एक सदस्यले भने, “हामी यसबारेमा क्षतिको रिपोर्ट प्रहरीमा… पुरा पढौ

एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

सियोल, १० भदौ । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता सम्पन्न गरिएको हो । सम्झौताअनुसार १०३ नेक्स्ट–जेनेरेसन बोइङ विमानका लागि ३६ अर्ब २० करोड डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ स्पेयर इन्जिनका लागि ६९… पुरा पढौ