मस्को, २० भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि युक्रेनमा तैनाथ हुने कुनै पनि विदेशी सेनालाई मस्कोको फौजले ‘वैध लक्ष्य’ मान्ने चेतावनी दिएका छन् । युरोपेली नेताहरूले सम्भावित शान्ति रक्षा बलप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको केही घण्टापछि आएको यस अभिव्यक्तिले पुनः तनाव बढाएको छ । “यदि त्यहाँ कुनै सेना देखापर्यो भने, विशेष गरी अहिले युद्ध जारी रहँदा, हामी मान्छौँ कि तिनीहरू वैध लक्ष्य हुनेछन्”, पुटिनले सुदूर पूर्वी रूसी सहर भ्लाडिभोस्टकमा आयोजित पूर्वी आर्थिक फोरमको प्यानलमा भने। पुटिनले…
पुरा पढौ