अन्तर्राष्ट्रिय 🗺

टाइफुन काजिकी अघि भियतनामले दशौँ हजारलाई खाली गर्‍यो

भिन्ह (भियतनाम), ९ भदौ । टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छालहरू उठेका छन् । पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रयस्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन् । भिन्हको वाटरफ्रन्ट सहर रातभर… पुरा पढौ

मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन

प्राग, ९ भदौ । मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् । यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन् । अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए । त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ । लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ । सेलाम लुसीभन्दा झण्डै एक… पुरा पढौ

अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा

मुम्बई, ८ भदौ । दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै नयाँदिल्लीमाथि सजायस्वरूप आयात शुल्क २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्‍याउने धम्की दिएका छन् । यस सम्भावित कदमले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको भविष्यलाई अनिश्चित बनाएको छ । भारतीय निर्यातकर्ताहरूले यसले अर्डर गुम्ने र रोजगारीमा गम्भीर… पुरा पढौ

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

सियोल, ८ भदौ । प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गरेको आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ । शनिबार गरिएको परीक्षणले दुई ‘सुधारिएको’ मिसाइल प्रणालीसँग ‘उत्कृष्ट युद्ध क्षमता’ रहेको देखाएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । केसिएनएले नयाँ मिसाइलहरूको विस्तृत विवरण भने दिएको छैन । उसले केबल तिनीहरूको ‘अपरेसन र प्रतिक्रिया मोड अद्वितीय र विशेष प्रविधिमा आधारित छ’ भन्ने उल्लेख गरेको छ । परीक्षण… पुरा पढौ

रूस र अमेरिका बीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफलः पुटिन

मस्को, ७ भदौ । रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताए। यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाए। निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रूसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताए। “हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौं, जुन केवल… पुरा पढौ

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जलस, ७ भदौ । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो । ‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्ष यात्रीहरूको ढुवानीका लागि विकास गरेको हो । यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पु¥याउन प्रयोग… पुरा पढौ

नयाँदिल्लीका बेवारिसे कुकुरहरूलाई छाड्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँदिल्ली, ६ भदौ । भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरहरूलाई पुनः छाड्न आदेश दिएको छ । अदालतले शुक्रबार दिएको यो आदेशले पहिलेको निर्णयलाई परिमार्जन गर्दै कुकुरहरूलाई हटाइएकाे स्थानमै फिर्ता पठाउनुपर्ने भनेको छ । साथै, राजधानीभरि तोकिएका खाने स्थानहरू बनाउनुपर्ने उल्लेख गरिएको छ । पशु अधिकारकर्मी र कार्यकर्ताहरूले अगस्ट ११ मा अदालतले दिएको स्थायी आश्रयमा राख्ने आदेशविरुद्ध अपिल दायर गरेका थिए । नयाँदिल्लीका सडकमा घुम्ने धेरै कुकुरहरू हानिरहित भए पनि, टोक्ने घटनाहरू बढ्दै गएको… पुरा पढौ

इल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष

बैङ्कक, ६ भदौ । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रबार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । यसले दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उहाँको परिवारलाई परेको ठूलो दबाब हटाएको छ । थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकरावमा रहँदै आएको छ । यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् । सधैँ राज्यसत्ता कब्जाको सङ्घर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको… पुरा पढौ

फगानिस्तानमा बस दुर्घटनामा मृतकको संख्या ७६ पुग्यो

गुजारा, अफगानिस्तान, ४ भदौ । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ पुगेको एक प्रान्तीय अधिकारीले बुधबार जानकारी दिए। हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले एक वक्तव्यमा भने, “यो दुखद घटनामा ७६ जना नागरिकहरूले ज्यान गुमाए, साथै तीन जना गम्भीर घाइते भए।” सेनाको विज्ञप्तिअनुसार, मृतकहरूलाई सैन्य अस्पतालमा सारिएको छ, जसमा एक दर्जनभन्दा बढी बालबालिका समेत रहेका छन् । अल–फारुक सेनाको अस्पतालका प्रमुख चिकित्सक मोहम्मद जानान… पुरा पढौ

ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु

वासिङ्टन, ४ भदौ । ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ । यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै आफ्ना समर्थकहरूसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ । साथै सन् २०१६ रिपब्लिकन नेसनल कन्भेन्सनमा उनको स्वीकृति भाषणको अडियो पनि समावेश छ ।… पुरा पढौ