साहित्य

बाह्र वर्षीया प्रदीप्ताकाे ‘डेड अर अलाइभ’ उपन्यास सार्वजनिक

काठमाडौं, १२ जेठ । बाह्र वर्षीया प्रदीप्ता बडूले अङ्ग्रेजी भाषामा लेखेकाे ‘डेड अर अलाइभ’ नामक उपन्यास सार्वजनिक भएको छ । भाषा आयोगका पूर्वअध्यक्ष प्राडा लवदेव अवस्थीले एक कार्यक्रमबीच उक्त कृतिको विमोचन गरे। पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा अध्ययनरत बडूको उक्त उपन्यास आवरण प्रकाशनले प्रकाशित गरेको हो । सो उपन्यास लेखिका बडूले कोभिड–१९ को समयमा भोगेको अनुभूतिमा आधारित सचित्र अध्याय पुस्तक हो । सो अवसरमा प्राडा अवस्थीले कोभिड–१९ को बेला बाल मस्तिष्कले भोगेको कटु अनुभवलाई प्रदीप्ताले कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको… पुरा पढौ

मुक्तककार शेरचनकाे ‘त्रासदीका हिमनदी’ मुक्तक संग्रह पाेखरामा विमाेचन

पाेखरा, १० जेठ । मुक्तककार उषा शेरचनकाे ‘त्रासदीका हिमनदी’ मुक्तक संग्रहकाे आज पाेखरामा विमाेचन गरिएकाे छ । पाेखरेली युवा सांस्कृतिक परिवारले आयाेजना गरेकाे साे समाराेहमा उपस्थित भएका सबैले हात हातमा पुस्तक लिएर एकैसाथ विमाेचन गरिएकाे थियाे । कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि बनाईएकाे थियाे भने उपस्थित सबैले एकसाथ पुस्तककाे विमाेचन गरेका हुन् । पुस्तककाे समीक्षा गर्दै मुक्तकमै विद्यावारिधी गरेका साहित्यकार समीक्षा डा मुरारि पराजुलीले उषा शेरचन एक शसक्त हस्ताक्षर भएकाे बताए । पाेखरालाई मुक्तककाे शहर भनिदै आएकाेमा पराजुलीले भने, पाेखरा… पुरा पढौ

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

दमौली (तनहुँ), ८ जेठ । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनाका दुई हजार ८२८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य… पुरा पढौ

खोप लगाउन छुटेकालाई आज पुनःसेवा दिइँदै

काठमाडौं, ३१ वैशाख । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ । स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ । बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ । यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ । कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार नियमित खोप छुटेका बालबालिकालाई… पुरा पढौ

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

काठमाण्डौं, २६ वैशाख । पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो । कथा सङ्ग्रहको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले संयुक्त रुपमा विमोचन गरे। दुई सय ४२ पृष्ठको सङ्ग्रहमा लामा तथा छोटा गरी २१ कथाहरू समेटिएका छन् । केही कथा स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताए। विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर सङ्ग्रह प्रकाशन गरिएको उनले जानकारी दिए। विगत दुई… पुरा पढौ

राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन

लमजुङ, २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उहाँको शालिक अनावरण गरेका छन् । उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरे । साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गरे । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक… पुरा पढौ

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ), १३ वैशाख । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा… पुरा पढौ

रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई

काठमाडौं, २० चैत । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई प्रदान गर्ने भएको छ । यही चैत २३ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी साहित्यकार एवं समालोचक बन्धुलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले बताए। सोही समारोहमा वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीतकार बुलु मुकारुङलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार मनिषराज पाण्डेलाई प्रदान गरिने छ । यसैगरी, प्रतिष्ठानले २०८१ सालको कवि भवानी घिमिरे स्मृति… पुरा पढौ

आज विश्व कविता दिवस

काठमाडौं, ८ चैत । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस,… पुरा पढौ

‘गजलसँग’ १० औँ शृङ्खला चैत ९ गते चितवनमा हुने

चितवन, ५ चैत । नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘गजल मञ्च चितवन’ ले आयोजना गर्दै आएको ‘गजलसँग’ कार्यक्रमको १०औँ शृङ्खला यही चैत ९ गते शनिबार हुने भएको छ । कार्यक्रम दिउँसो १ बजे, भरतपुर महानगरपालिका-९ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ । गजल मञ्च चितवनले नेपाली गजलको उन्नयन, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको छ । गजलकारहरूलाई सिर्जना वाचनका लागि उचित मञ्च उपलब्ध गराउँदै आएको यस संस्थाले विभिन्न कार्यक्रमहरूको आयोजना गरी गजलप्रेमी तथा… पुरा पढौ