मुख्य समाचार

अर्थमन्त्री पुनसँग राष्ट्र सङ्घका सहायक महासचिवले गरे भेट

काठमाडौँ, २० वैशाख । अर्थमन्त्री वर्षमान पुनसँग संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव एवं राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले शिष्टाचार भेट गर्नुभएको छ । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठकमा सहभागी हुन नेपाल आउनुभएको उहाँले आज मन्त्री पुनसंग भेट गर्नुभएको हो । यूएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङेडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिनुभयो । यूएनडिपीको आर्थिक तथा… पुरा पढौ

गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढ्यो

मन्थली (रामेछाप), २० वैशाख । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको… पुरा पढौ

लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्याे एजिएम

काठमाडौं, २० वैशाख । लाभांश अनुमाेलन गर्नका लागि सूर्यज्योति लाइफ इन्स्याेरेन्सको शुक्रबार साधारण सभा बाेलाएकाे छ । सभाबाट गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर तथा २४.७४ प्रतिशतसहित ३५ प्रतिशत लाभांश अनुमाेदन गरिने भएकाे छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका छलफल गरी पारित गरिने भएकाे छ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ७ गते बुक क्लोज गरिएको… पुरा पढौ

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ”, प्रधानमन्त्रीले भने, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले आगामी… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं, २० वैशाख । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। “विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, सूचना अधिकारी कर्णले भने। मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले… पुरा पढौ

मेरो माइक्रोफाइनान्सकाे नाफा बढ्याे, इपीएस कति ?

काठमाडाैं २० वैशाख । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाद्वारा प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा बढेको हाे। संस्थाले यस आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १२ करोड ३८ लाख खुद नाफा गरेकाे छ। यस्ताे नाफा गएकाे वर्षकोभन्दा ८४६.३० प्रतिशतले बढी हो। गएकाे वर्ष सोही अवधिको नाफा रूपैयाँ १ करोड ३० लाख थियो। संस्थाकाे खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी… पुरा पढौ

चालु आर्थिक वर्षकाे अन्त्यसम्म साढे ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेछाैं : अर्थमन्त्री पुन

काठमाडौं, २० वैशाख । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन । ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्नुहुदै पुनले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको र चालु आर्थिक वर्षमा नेपालले साढे ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गरेका छन । चालु आवको बजेटमार्फत सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार चालु आव २०८०-८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै ३ दशमलव… पुरा पढौ

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं, २० वैशाख । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने… पुरा पढौ

सुदूरपश्चिमका मुख्यमन्त्रीले भाेलि विश्वासको मत लिने

सुदूरपश्चिम, २० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा… पुरा पढौ

कुमारी बैंककाे ९७ हजार १ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २० वैशाख । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हाे। उक्त सेयर खरिदका लागि पहिलाे चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले बुघबारदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।  सेयर खरिद गर्न चाहने सेयरधनीहरुले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा खरिद गर्न चाहेकाे सेयरकाे संख्या खुलाई आवेदन दिनुपर्ने… पुरा पढौ