मुख्य समाचार

जनताको आवश्यकता पुरा गर्न दलहरू संवेदनशिल हुनुपर्छ : सांसद गौतम

काठमाडौं, १४ वैशाख । राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका चरणबद्ध आन्दोलनले मुलुकलाई समाजवादतर्फ उन्मुख हुने उहिल्यै स्पष्ट गति दिनुपर्नेमा अहिलेसम्म पनि अभ्यासकै चरणमा छौँ । संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका आवश्यक कानुन निर्माण र तर्जुमा भएका ऐन कार्यान्वयनमा लैजान सकिएको छैन । एक दलले अर्काेलाई दोषारोपण गर्ने गरे पनि कहाँ र कुन तहबाट कमी कमजोरी भएको छ भनी विश्लेषण गर्नु पर्छ । राजनीतिक स्थायित्व नहुँदा सरकार र प्रतिपक्ष पनि स्थिर हुन सकेनन् । जवाफदेहीताको प्रश्न सधैँ उठिरह्यो । सरकार… पुरा पढौ

हिमालयन सेक्युरिटिज लिमिटेडको व्यवसायिक कारोबार शुरु

काठमाडौं, १४ बैशाख । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यवसायिक कारोबार शुरु गरेको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे कुल चुक्ता पूँजी ६० करोड रहेको छ । पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको कंपनीका व्यवसाय तथा संचालन प्रमुख कमल… पुरा पढौ

काेरियाबाट फर्केर गाउँमै व्यावसायिक ड्रागन खेती

वालिङ, १४ वैशाख । दश वर्ष कोरिया बसेर फर्केका शिव थापाले व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन। “दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ”, उनले भने, “त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु ।” कोरियाबाट ड्रागनखेती गर्छु भन्ने सङ्कल्पका साथ गाउँ आएका उनले दुई वर्षअघि तीन सय बिरुवा लगाए । बिरुवाले… पुरा पढौ

फरवार्ड माइक्रो फाइनान्सकाे नाफा बढ्याे, इपीएस कति ?

काठमाडौं १४ वैशाख । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । नाफासंगै संस्थाकाे इपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षकाेभन्दा खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा बृद्धि भएकाे छ । संस्थाले यस आर्थिक वर्षको पहिलो ९ महिनासम्म रुपैयाँ ११ करोड ६५ लाख खुद नाफा कमाएको छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १६७.१६ प्रतिशतले बढी हाे । गएकाे वर्ष सोही अवधिमा याे… पुरा पढौ

पहाडमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं, १४ वैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ ।… पुरा पढौ

टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

काठमाडौं, १४ वैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो। मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान… पुरा पढौ

आजदेखि कक्षा १२ को परीक्षा सुरू, तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर, १४ वैशाख । कक्षा १२ काे परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उन अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार… पुरा पढौ

रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं, १३ वैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतले यससम्बन्धी मुद्दामा यसअघि उच्च अदालत पाटनले दिएको आदेश सदर गरेको छ । “प्रतिवादीहरू उपर… पुरा पढौ

निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन

काठमाडौं, १३ वैशाख । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटका विषयमा आज अर्थविद्हरुसँग परामर्श गर्दै उनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गरे। श्रोतमा परेको चापका कारण सरकारले कडा खालका नीति अबलम्बन गर्नुपरेको र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउन चुनौती रहेको अर्थमन्त्री पुनको भनाइ छ । “अर्थतन्त्रमा केही सुस्तता छ । आम नागरिक र मुख्यगरी युवाले… पुरा पढौ

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा-महानिरीक्षक ढकाल

काठमाडौं, १३ वैशाख । आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी पूरा भएको जानकारी दिइएको हो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए । “निर्वाचनको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म… पुरा पढौ