मुख्य समाचार

शिक्षा मन्त्रालयद्वारा दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयाेगसंग अनुरोध

काठमाडौं, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको… पुरा पढौ

नेप्से झिनो अंकले घट्याे, २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं, १३ वैशाख । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेर ३४८७.१८ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी ८ वटामा रातो लागेको छ । यसदिन कुल ३ सय ३ कम्पनीहरुको ६३ लाख १२ हजार ५५२ कित्ता सेयरको खरिदबिक्रीबाट… पुरा पढौ

लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी(अन्तर्वार्ता)

काठमाडौं, १३ वैशाख । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक विकास र समृद्धि हासिल गर्न स्वदेशी पुँजीले मात्र नपुग्ने र विदेशी लगानी समेत चाहिने आवश्यकता बोध गरेर सरकारले यो लगानी सम्मेलन आयोजना गरेको हो । नेपालमा लगानीको उत्कृष्ट वातावरण छ, र यहाँबाट लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल… पुरा पढौ

सोह्रौं योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधि बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताए। “पर्यटन प्रवद्र्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्नेछ”, प्रधानमन्त्री दाहालले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत… पुरा पढौ

विदेश उत्तम, स्वदेश खत्तम भन्ने बुझाई गलत छ-सांसद राई

काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन्। उनले नेपालले हाल अवलम्बन गरिरहेको मिश्रित निर्वाचन प्रणाली र शासकीय स्वरूपबीच तालमेल नभएकाले मुलुकको राजनीति र सरकारको स्थायित्व नभएको बताए । पूर्वमन्त्री राईले भने, “‘म र मेरो’ भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उहाँहरूमा देशप्रतिको कर्तव्य पालनामा कमी भएको हो कि भन्ने महसुस हुन्छ । अहिले… पुरा पढौ

प्रभु बैंकको साधारण सभा वैशाख २० गते

काठमाडौं, १३ वैशाख । प्रभु बैंकको साधारण सभा यही वैशाख २० गते बाेलाइएकाे छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान १० बजे बाेलाइएकाे छ । बैंकले यसपटक लाभांश भने वितरण नगर्ने भएकाे छ ।  साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह, वित्तीय विवरण लगायतका एजेण्डाहरूमाथि छलफल गरी अनुमाेदन गरिनेछ। यस्तै सभाबाट लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक ताेकिने भएकाे छ । बैंकले साधारण सभाकाे प्रयोजनार्थ वैशाख ४ गते बुक क्लोज गरेको थियाे । साधारण सभामा भाग लिनका… पुरा पढौ

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं, १३ वैशाख । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो । दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्यको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २ पैसा र… पुरा पढौ

सूर्यज्योति लाइफ इन्स्याेरेन्सको खुद नाफामा बृद्धि

काठमाडौं, १३ वैशाख । सूर्यज्योति लाइफ इन्स्याेरेन्सको खुद नाफामा बृद्धि भएकाे छ । इन्स्याेरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउदा नाफामा ३३.८९ प्रतिशतले बढेकाे छ । सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार नाफा बढेर रूपैयाँ २९ करोड ५४ लाख ३३ हजार कायम भएको छ । अघिल्लो वर्षको साेहि यसैअवधिमा यस्ताे नाफा रूपैयाँ २२ करोड ६ लाख ५२ हजार रहेकाे थियाे ।  कम्पनीकाे खुद बिमा शुल्क, लगानी र कर्जाकाे आम्दानी बढेपछि खुद नाफा हुनमा सहयाेग पुगेकाे हाे। खुद बिमा शुल्क ३८.६८ प्रतिशतले… पुरा पढौ

सहमतिपछि नेपाली तयारी चियाकाे निर्यात सुरू

काठमाडाैं, १३ वैशाख । भारतीय भन्सार कार्यालयले वैशाख ७ गतेदेखि रोकेको नेपाली चियाको निर्यात सुरू भएकाे छ । चिया निर्यातका लागि गरिएका विभिन्न प्रयासपछि चिया निर्यात पुनः सुरू भएकाे हाे । झापाकाे काँकडभिट्टा नाकाबाट चिया लाेड गरिएका १७ ट्रक भारतीय सीमा क्षेत्रमा राेकिएका थिए । बाटाेमै राेकिएका १७ वटै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयमा जाँचपास गराइ मङ्गलबार साँझ भारततीर गएका मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । रेग्मीले बाटाेमै रोकिएका ट्रक भारत गएपछि चिया निर्यातमा भएकाे अवरोध हटेकाे बताए… पुरा पढौ