मुख्य समाचार

हकप्रद सेयरकाे प्रस्ताव गर्दै सानिमा जीआइसी इन्स्याेरेन्सले डाक्याे साधारण सभा

काठमाडौं, २३ चैत । सानिमा जीआइसी इन्स्याेरेन्सको साधारण सभा चैत २९ गते डाकिएकाे छ । यसपटक इन्स्याेरेन्सको लाभांश वितरणकाे प्रस्ताव भने छैन । तर उक्त सभाबाट ५० करोड बराबरको हकप्रद सेयर खुलाउने प्रस्ताव अनुमाेदन हुने बताइएकाे छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे हाे । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेकाे छ । सभामा २५ प्रतिशत हकप्रद सेयर खुलाउने प्रस्ताव लगिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका… पुरा पढौ

हुलाकी राजमार्गकाे प्रगति निराशाजनक, समय र लागत बढ्यो

काठमाडौं, २३ चैत । सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ। साधन र स्रोतको अभाव नहुने बताइए पनि तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढ्न सकेको छैन । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सोही आयोजनाका बारेमा छलफल भएको थियो । हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर… पुरा पढौ

१८ करोड लागतमा १ सय १ सिँचाइ योजना सम्पन्न

हेटौँडा, २३ चैत । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले मकवानपुरमा रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये रु १७ करोड ८९ लाख ४७ हजारको लागतमा योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार उक्त लागतमा मकवानपुरमा रहेका एक सय ९१ योजनामध्ये एक सय एक योजना सम्पन्न भएका छन् । मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ सय हेक्टर खेतीयोग्य जमिन भए पनि २० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न… पुरा पढौ

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

काठमाडाैं, २३ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। देशभर आंशिक बदली देखि साधारणतया बदली रहेको छ। चैत २३ गते (शुक्रबार) दिउँसो:  देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै बांकी पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरुमा… पुरा पढौ

नयाँ टेलिभिजन कार्यक्रम लिएर आउदै महानायक राजेश हमाल

काठमाडाैं, २२ चैत । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन्, र अन्तरंग कुरा गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ । जसका लागि… पुरा पढौ

मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब : राष्ट्र बैंक

काठमाडौं, २२ चैत । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा २ दशमलव ७ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ ।… पुरा पढौ

ऊर्जा क्षेत्रका आयोजनामा ९९ अर्ब २० करोडकाे लगानी स्वीकृत

काठमाडौं, २२ चैत । लगानी बोर्डले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बोर्डको ५७औँ बैठकले विभिन्न चार आयोजनाका लागि रु ९९ अर्ब २० करोड बराबर लगानी प्रतिबद्धता स्वीकृत गरेको हो । बैठकले एक सय ६६ मेगावाट क्षमताको सुपर तमोर आयोजनाका लागि रु ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए आयोजनाका लागि रु १० अर्ब आठ करोड, दुई सय ५० मेगावाट क्षमताको सौर्य… पुरा पढौ

नेप्सेमा झिनो अङ्ककाे गिरावट, ३ अर्ब बढीकाे काराेबार

काठमाडौं, २२ चैत । साताकाे सेयर काराेबार हुने अन्तिम दिन बिहिबार आज नेपाली सेयर बजारमा झिनो अङ्ककाे गिरावट भएकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका… पुरा पढौ

नेपालको वायुको गुणस्तरमा सुधार: वातावरण विभाग

काठमाडौं, २२ चैत । विगतका वर्षमा हिउँदे याममा काठमाडौँ लगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँ लगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो । तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो ।… पुरा पढौ

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्छ : सांसद गुप्ता

नेपालगञ्ज, २२ चैत । संसद प्रधान रहने प्रजातान्त्रिक शासन व्यवस्थामा संसदीय व्यवस्थालाई सबैभन्दा राम्रो मानिन्छ । यसलाई विश्वव्यापी रुपमा स्वीकार गरिएको छ । कानुनी राज्य, शक्ति पृथकीकरणसमेतका असल शासन अभ्यासलाई अँगाल्ने यो व्यवस्थाबाट धेरै राष्ट्र सफल पनि भएका छन् । देशको विकास पनि भएको छ । संसदीय व्यवस्थामा केही त्रुटि छन् भने ती नेतृत्वका कारणले भएका हुन् । ती देशमा भएका विकासका आधार संसदीय व्यवस्थाका उपज हुन् । प्रणालीका हिसाबले पनि यो व्यवस्था धेरै राम्रो हो । यसको सुन्दर पक्ष… पुरा पढौ