मुख्य समाचार

नेप्सेमा झिनो गिरावट, कारोबार ३ अर्ब २९ करोडमा सीमित

काठमाडौं, ३ भदाै। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। ठूलो उतारचढावबिना दिनभर स्थिर रहने प्रयास गरेको नेप्से सूचक अन्त्यमा ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक र फ्लोट इण्डेक्स ०.०२ अंकले घटेका छन् भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने कुनै परिवर्तन नभई स्थिर रहेको छ। नेप्से सूचकसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। दिनभर ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब… पुरा पढौ

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौं, ३ भदौ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम काटिएको विषयमा मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडलाई किन कारबाही नगर्ने ? भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले आज प्राधिकरणमा पत्रकार सम्मेलन गरेर साउन महिनामा भएका महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै उहाँले एनसेलले ग्राहकहरूले डाटा नचलाउँदा वा डाटा अफ गरेको अवस्थामा ‘पे’ जी डाटा चार्ज शीर्षकमा स्वचालित रूपमा रकम कटाएको सम्बन्धमा स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । “ग्राहकहरूले डाटा नचलाउँदा वा डाटा अफ… पुरा पढौ

नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ‘ई-टेरेन’ बुकिङ, छुट अफर भदौ १५ सम्म लम्बियो

काठमाडौं, ३ भदाै। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.ले नाइमा मोबिलिटी एक्सपोका क्रममा ४४ वटा ‘म्याक्सस ई-टेरेन’ (Maxus eTerran) विद्युतीय पिकअप ट्रक बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएका कुल पिकअपमध्ये ३६ वटा ‘कम्फर्ट भर्सन’ र ८ वटा ‘प्रिमियम भर्सन’ रहेका छन्। तीन हप्ताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरिएको म्याक्सस ई-टेरेनको कम्फर्ट भर्सनको बजार मूल्य रु. ८८ लाख र प्रिमियम भर्सनको मूल्य रु. १ करोड २८ लाख निर्धारण गरिएको थियो। एक्सपो अवधिभर कम्पनीले कम्फर्ट भर्सनमा रु. २ लाख र… पुरा पढौ

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं, ३ भदौ। नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । उहाँले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उहाँलाई सम्मान गरिएको हो । डा अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत हुनुहुन्छ । उहाँको टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो । यस पुरस्कारलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रायः ‘ओस्कार अफ इनोभेसन’ अर्थात् नवप्रवर्तनको ओस्कारका रूपमा चिनिन्छ… पुरा पढौ

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ (चितवन), ३ भदौ। बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो । रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधको विविधिकरण डेरी पसल सञ्चालन गर्नुभएको छ । स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो । पसलमा दूध,… पुरा पढौ

एशियन लाइफ इन्स्योरेन्समा लाइफमा जागिरकाे अवसर

काठमाडौं, ३ भदाै । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं उपत्यका लगायत देशका विभिन्न शाखा कार्यालयहरूका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले जारी गरेको सूचना अनुसार ब्रान्च म्यानेजर/इन्चार्ज र मार्केटिङ एक्जुकेटिभ पदका लागि आवेदन खुलाइएको हो। माग पद र संख्या ब्रान्च म्यानेजर / इन्चार्ज: ३ जना मार्केटिङ एक्जुकेटिभ: १५ जना आवश्यक योग्यता तथा अनुभव ब्रान्च म्यानेजर / इन्चार्ज: सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यअनुभव। मार्केटिङ एक्जुकेटिभ: सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यअनुभव। इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले यो सूचना… पुरा पढौ

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ, ३ भदौ। हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ । पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । सो कार्यालय प्रमुख हरि… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ), ३ भदौ। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको… पुरा पढौ

रु चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन

पोखरा, ३ भदौ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व सङ्कलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाका अनुसार गत आर्थिक वर्षमा रु चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले रु पाँच अर्ब ७३ करोड ४३ लाख ८८ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । सबैभन्दा बढी सवारीसाधन करतर्फ रु एक अर्ब… पुरा पढौ