मुख्य समाचार

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २९ पैसा कायम गरिएको छ… पुरा पढौ

बाढी, पहिरोका कारण जलविद्युत् आयोजनाको काम प्रभावित

म्याग्दी, २ भदौ। बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् । सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् । कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको… पुरा पढौ

चापाकल खरिदमा अनियमितता-११ जनाविरुद्ध मुद्दा

काठमाडौं, २ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ । एउटै वस्तुको खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, २ भदौ । सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्नुहुनेछ । बैठकमा… पुरा पढौ

प्रसारण र वितरणमा खुला पहुँचको अन्तिम तयारी: निजी क्षेत्रका लागि ढोका खुल्दै

काठमाडौं, २ भदाै । सरकारले देशको विद्युत् प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्रलाई सहभागी गराउन ‘खुला पहुँच’ (ओपन एक्सेस) कार्यान्वयनको तयारी तीव्र बनाएको छ। विद्युत् नियमन आयोगले निजी क्षेत्रलाई प्रसारण प्रणाली प्रयोग गर्न दिने र त्यसबापत लाग्ने ‘ह्विलिङ चार्ज’ (प्रसारण भाडा) निर्धारण गर्ने व्यवस्था अन्तिम चरणमा पुर्‍याएको छ। विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गर्दै प्रसारण क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण बनाउन आवश्यक निर्देशिका तथा कार्यविधि तयार भइरहेको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जानकारी दिए। उनका अनुसार ह्विलिङ चार्जसहितको स्पष्ट शुल्क मोडल भदौको पहिलो… पुरा पढौ

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

काठमाडौं, १ भदौ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकता अनुसार कानुन बनाइनुपर्ने बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज ‘संहिता दिवस, २०८३’ का अवसरमा आयोजित समारोहमा सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षाअनुसार कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कानुन निर्माणसँगै त्यसको कार्यान्वयनको अवस्था अध्ययन, समीक्षा तथा आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन गर्ने र संसदीय निगरानी गर्ने जिम्मेवारी पनि सङ्घीय संसद्को रहेको सभामुख अर्यालले बताउनुभयो । उहाँले सङ्घीय संसद् कानुन निर्माण… पुरा पढौ

देश विदेश डाक्टर पठाउँदै जुम्ला (आलेख)

कर्णाली, १ भदौ। कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा र रोगले ग्रसित क्षेत्र भन्ने मात्र आउँछ । कठिन, असहज र दुःख भोग्ने थलोको रुपमा बुझाउँछ । आज पनि कर्णालीप्रति हेर्ने अधिकांशको नजर सकारात्मक देखिदैन । त्यसमा अझ माथिल्लो कर्णाली भनेपछि धेरैले नाक खुम्च्याउने गर्दछन् । यद्यपि, कर्णालीको विगत अपेक्षा गरेभन्दा बढी फेरिएको छ । विगतमा जिल्ला अस्पताल हुँदा एकजना डाक्टर हुन्थे, जो धेरै समय जुम्लामा बस्दैनथे । स्नातक तहको सिकारु एक जना डाक्टर पाउँदा पनि जुम्लाले… पुरा पढौ

नेप्सेमा सामान्य अङ्ककाे गिरावट, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १ भदाै । साताको पहिलो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेको नेप्सेले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २.२५ अङ्कले घटेर २६४१.५८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अङ्क, फ्लोट इण्डेक्स ०.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अङ्कले ओरालो लागेका छन्। नेप्से परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २७ करोड… पुरा पढौ

ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १ भदौ। खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रियसभा बैठकको आजको शून्य समयमा सांसदहरुले सो विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद गीता देवकोटाले पारदर्शी वितरण प्रणाली कायम गर्न, कालोबजारी नियन्त्रण गर्न तथा पर्याप्त ग्यास भण्डारणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रञ्जित कर्णले ग्यास अभावका कारण दैनिक जीवनमा समस्या आएकाले ग्यासको विकल्प रोज्नुपर्ने बताउनुभयो । त्यस्तै, सांसद रोश्नी मेचेले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । शून्य… पुरा पढौ

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिन रुलिङ

काठमाडौं, १ भदौ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थियो । सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गर्नुभएको हो । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३… पुरा पढौ