मुख्य समाचार

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका (आलेख)

सोलुखुम्बु, ५ भदौ। विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको महत्वपूर्ण आधार बन्दै गएको छ । पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको सङ्ख्या, आरोहण अनुमति र यसबाट हुने आर्थिक कारोबारले पर्वतीय पर्यटनको सम्भावना अझ फराकिलो रहेको पाइएको छ । सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुबाट हेर्दा यसको प्रभाव अझ स्पष्ट देखिन्छ । हिमाल आरोहणका… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ५ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा कायम… पुरा पढौ

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ, ५ भदौ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा रु तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा रु एक करोड ४३ लाख ७४ हजार राजस्व बुझाइएको थियो । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको… पुरा पढौ

‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि आयोजना हुने

काठमाडौँ, ५ भदौ । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्ने भएको हाे। भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २ सयभन्दा बढी स्टलहरू… पुरा पढौ

वैदेशिक सहायताको उपयोग र खर्च क्षमता बढाउन अर्थमन्त्री वाग्लेको जोड

काठमाडौं, ४ भदौ। उपलब्ध वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्दै मुलुकको खर्च क्षमता बढाउनुपर्नेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जोड दिनुभएको छ। सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने अनुदान घट्दो क्रममा रहेको र सोचेअनुरूप खर्च हुन नसकेको वास्तविकता प्रस्तुत गर्नुभयो। चालु बजेटमा रु २ खर्ब ४७ अर्ब वैदेशिक ऋण र रु ६२ अर्ब अनुदान प्राप्त हुने प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति रु १० देखि १५ अर्बमा मात्र सीमित हुने स्थिति रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। नेपाल अतिकम… पुरा पढौ

शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिः ४ अर्ब ६८ करोड चाहिने

काठमाडौं, ४ भदौ। सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धिको निर्णयसँगै चालु आर्थिक वर्षमा रु चार अर्ब ६८ करोड ९८ लाख ३० हजार थप बजेट आवश्यक पर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय थियो । सो निर्णयपछि अब उक्त कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक रु ४३ हजार ६६९ बाट बढेर रु ४८ हजार ५८ पुगेको छ… पुरा पढौ

नेप्से सकारात्मक लयमा: सूचक ७.१७ अंकले बढ्दा ४ अर्ब ४० करोडकाे काराेबार

काठमाडौं, ४ भदाै। पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको शेयर बजार (नेप्से) परिसूचक बिहीबार भने सुधारिएर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको हो। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.८८ अंक, फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले बढेका छन्। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३४५ वटा स्टकको ४७ हजार ९१९ पटकको कारोबारमा ४ अर्ब ४०… पुरा पढौ

इभी आयातको नयाँ बाटो कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ, ४ भदौ। चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले राससलाई जानकारी दिनुभयो । गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन… पुरा पढौ

कृषितर्फ आकर्षित हुँदै भोजपुरका किसान (आलेख)

भोजपुर, ४ भदौ। जिल्लामा सञ्चालन भएका विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । कृषि उत्पादनका लागि आवश्यक सिँचाइ पूर्वाधार, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग उपलब्ध हुन थालेपछि जिल्लाका किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन थालेका हुन् । कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबाट सुन्तला, अलैँची, तरकारी, खुर्सानीलगायत नगदे तथा व्यावसायिक बालीको क्षेत्र विस्तार हुन थालेको छ । अनुदानसँगै प्राविधिक… पुरा पढौ

धौवादी फलाम खानी-साढे ९ करोड धाउ उत्खननको योजना

काठमाडौं, ४ भदौ । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ । कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो । खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ । धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । उक्त… पुरा पढौ