मुख्य समाचार

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं, १ भदौ। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, १ भदौ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ । महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन)… पुरा पढौ

विद्युत् व्यापार र प्रसारणमा निजी क्षेत्रलाई सहभागी गराउन इप्पानको माग

काठमाडौं, ३१ साउन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र विद्युत् व्यापारलगायत समग्र ऊर्जा क्षेत्रमा सहभागी गराउने गरी नयाँ विद्युत् विधेयक ल्याउन माग गरेको छ। इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई भेटी ऊर्जा क्षेत्रको विकास र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत तथा कानुनी सुधारबारे ध्यानाकर्षण गराएको हो। भेटका क्रममा अध्यक्ष डाँगीले सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी… पुरा पढौ

र्‍याडिसन होटलको ग्यास मौज्दात टिप्पणीप्रति चेम्बरको आपत्ति

काठमाडौं, ३१ साउन। नेपाल चेम्बर अफ कमर्सले राजधानीस्थित पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ। अपूर्ण र सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगको व्यावसायिक प्रतिष्ठामा नकारात्मक असर पर्ने चेम्बरको भनाइ छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयुक्त अनुगमनका क्रममा होटलमा ग्यास मौज्दात बढी पाइएको भन्दै टिप्पणी सार्वजनिक भएको थियो। त्यसको खण्डन गर्दै चेम्बरले र्‍याडिसन होटलमा दैनिक ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत… पुरा पढौ

‘बिक्रेतामार्फत ग्यास गरेर उपभोक्तालाई राहत दिऔँ’

काठमाडौं, ३१ साउन। ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ । ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो । “बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ”, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।… पुरा पढौ

विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउन जोड

काठमाडौं, ३१ साउन। नेपालमा उत्पादित बिजुलीको बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान) ले हालै ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा उनीहरूले यस्तो धारणा राखेका हुन्। एउटै निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक बजारका लागि नयाँ कानुन नचाहिने र विद्यमान विद्युत् ऐन, २०४९ कै आधारमा निजी क्षेत्रलाई व्यापारको अनुमतिपत्र (लाइसेन्स) दिन सकिने उनीहरूको भनाइ छ।… पुरा पढौ

वाणिज्य बैंकहरूमा नबिलको नाफा उच्च, एभरेस्टको लाभांश क्षमता धेरै

काठमाडाैं, ३१ साउन । नेपालमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा बैंकहरूको समग्र वित्तीय स्थितिमा निकै उतारचढाव देखिएको छ। आम्दानी र खुद नाफाका आधारमा नबिल बैंक शीर्ष स्थानमा कायम रहेको छ भने खराब कर्जा र इम्पेयरमेन्ट चार्जको ठूलो चापका कारण प्रभु बैंक भने नोक्सानीमा गएको छ। वित्तीय विवरणका प्रमुख सूचकहरूलाई निम्नानुसार वर्गीकरण गरिएको छ: १. आम्दानी, खुद नाफा र लाभांश क्षमता उच्च नाफा… पुरा पढौ

निगमले आज थप सात केन्द्रबाट ग्यास बिक्रीवितरण गर्दै

काठमाडौं, ३१ साउन। नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका छ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको छ । निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो । वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ । आज उपत्यकाका थप… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३१ साउन। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४० पैसा र बिक्रीदर १८८ रुपैयाँ १३ पैसा… पुरा पढौ

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौं, ३१ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि छ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन आजसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो… पुरा पढौ