मुख्य समाचार

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री डा महत

काठमाडौं, १३ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन् । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए । उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार… पुरा पढौ

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौं, १३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए। आयोगले कोशी प्रदेशमा… पुरा पढौ

कर्णाली चिसापानी आयोजनाकाे लागत रु ११ खर्ब ४७ अर्ब

काठमाडौं, १३ पुस । हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक चूर्णबहादुर ओली, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले यही… पुरा पढौ

समयसीमा, मुख्य विषय र प्रक्रियामा नयाँ अनुभव लिँदैछाैं -सांसद कार्की

काठमाडौं, १३ पुस । पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ । नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्कीले भनिन्, “बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ ।” उनले विधायक भएपछि… पुरा पढौ

यी ६ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १३ पुस । आज नेपाल स्टक एक्सचेञ्जमा ६ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेका अनुसार हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त तथा राधी विद्युतको सेयरमूल्य समायोजन गरिएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेकाेले नेप्सेमा उनीहरुकाे सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य कायम गरिएकाे हो। हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत सेयरमूल्य समायाेजन भएकाे छ । यस्तै… पुरा पढौ

इलामको १० हेक्टर जमिनमा ड्रागन फ्रुट खेती

इलाम, १३ पुस । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुन थालेको छ । गतवर्ष शून्य दशमलव ५ हेक्टर जमिनमा लगाइएकोमा यसवर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो । माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै… पुरा पढौ

मुग्लिन पोखरा सडकखण्डको जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

दमौली, १३ पुस । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए। केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए। उनले… पुरा पढौ

६१ उद्योगले २२ अर्ब २४ करोड विद्युत बक्यौता तिरेनन्

काठमाडाैं, १३ पुस । नेपाल विद्युत प्राधिकरणले २०८० साल मंसिर महिनाकाे अन्यसम्म ६१ वटा उद्योगहरुले विद्युत बक्याैता रकम नतिरेकाे जनाएकाे छ । उनीहरूकाे २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जानकारी गराएकाे छ । डेडिकेटेड तथा ट्रंक लाइनकाे विद्युत् प्रयाेग गरेर विद्युत बक्याैता नतिरेका ९ वटा ठूला उद्योगहरूको लाइन प्राधिकरणले काटेकाे छ । रकम तिर्न अटेर गरिरहेका बाँकी उद्योगहरूको लाइन पनि क्रमशः काट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । कोशीकाे विराटनगरमा विभिन्न ७ वटा ठूला उद्योगले डेडिकेटेड तथा ट्रंक… पुरा पढौ

३२ वर्षदेखि चितवनमा पर्या-पर्यटनमा रमाउँदै न्यौपाने

चितवन, १३ पुस । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएका प्रकाश न्यौपानेको । काठमाडौंको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर खोज्दै पुगे। उनलाई जागिरका लागि चितवन जान भनियो । भट्टराईका स्वकीय सचिव हरिप्रसाद उपाध्यायले न्यौपानेलाई चितवन जान सक्छौँ ? भनेर सोधे। “काठमाडौँमा हुर्किएको मलाई त्यहाँको काम जनावर देखाउनुपर्छ भनियो, मलाई प्रकृतिसँगै काम गर्ने चाहना थियो, मैले स्वीकार गरेँ”, न्यौपानेले विगत सम्झँदै… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीमा आंशिक बदली, तराईमा हुस्स-कुहिरो

काठमाडाैं, १३ पुस । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे जनाएकाे छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ । पुस १३ गते (शुक्रबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा… पुरा पढौ