मुख्य समाचार

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली 

काठमाडाैं, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएकाे छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । पुस ०५ गते (बिहीबार) दिउँसो:  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।    राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।    पुस ०६ गते (शुक्रबार) दिउँसो:  देशभर आंशिक बदली रहनेछ।    राती : देशभर आंशिक बदली रहनेछ।    पुस ०७ गते (शनिबार) दिउँसो:  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही… पुरा पढौ

मर्यादित कामका लागि आईएलओको देशीय कार्यक्रमकाे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ४ पुस । मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३–२०२७ कार्यान्वयनमा आएको छ । आज आयोजित समारोहमा उक्त कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र आइएलओ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठ र आइएलओ नेपालका… पुरा पढौ

ताेकेकाे लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन्। कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताए । “आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुँदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा… पुरा पढौ

नेप्सेको उकालोको यात्रा जारी, ७ अर्ब बढीको कारोबार

काठमाडौं, ४ पुस । नेप्सेको उकालोको यात्रा जारी रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपछि सेयर बजार सकारात्मक लयमा फर्किएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढेर ४०२.६३ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।… पुरा पढौ

कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान आचार्य, शर्मा र बास्तोलालाई

पाेखरा, ४ पुस । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सबल तुल्याउन जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान अर्पण समारोहलाई पोखरामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रलाई योगदान गर्ने किसिमको रचनात्मक पत्रकारिताको प्रवर्द्धन गर्नुपर्ने बताए । पुरस्कारको स्थापना गर्ने समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्व सूर्यबहादुर केसीको योगदानको स्मरण गर्दै सभापति देउवाले पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गरे। कार्यक्रममा सभापति देउवाले… पुरा पढौ

काठमाडाैं उपत्यकामा डलर साट्ने बहानामा लुटपाट गर्ने ८ जना पक्राउ

काठमाडाैं, ४ पुस । काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको पनि उनले बताए। यस्ता गिरोह सक्रिय रहेको… पुरा पढौ

१ सय ४० मेगावाट क्षमताकाे तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएन

दमौली, ४ पुस । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अत्यन्त सुस्त गतिमा अगाडि बढेको स्थानियकाे गुनासाे छ । १ सय ४० मेगावाट क्षमताको आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणले सोचेअनुरुप गति लिन नसकेको हो । यो प्याकेजको सम्झौता अवधि एक वर्ष बाँकी रहँदा हालसम्म ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । तेस्रो प्याकेजको सम्झौता अवधि सन् २०२४ डिसेम्बर १९ सम्म रहेको छ । केइसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर… पुरा पढौ

‘वर्ल्ड रेकर्ड’ काे प्रक्रियामा त्रिविको ४९औँ दीक्षान्त समाराेह

काठमाडौँ, ४ पुुस एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति तथा प्रधानमन्त्री… पुरा पढौ

विकाससँग नजोडिने हो भने जनताका समस्या बुझ्नै सकिदैन: सांसद अधिकारी

काठमाडौं, ४ पुस । वर्तमान संसद् गठन भएको झण्डै एक वर्ष पुग्नै लागेको छ । सङ्घीय संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण भए पनि पछिल्ला एक वर्षमा संसद्मा देखिएको गतिविधि र अभिव्यक्ति आलोचनाको विषय बनेका छन् । शान्ति प्रक्रिया र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक अझै निष्कर्षमा पुग्न सकेका छैनन् । सरकार र संसद्को कार्यशैली तथा उपलब्धिबाट सांसद स्वयम् सन्तुष्ट हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन् । नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं २ का सांसद रामनाथ अधिकारीले सङ्घीय संसद्को… पुरा पढौ

सुन ताेलाको १ लाख १९ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, ४ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १८ हजार ४… पुरा पढौ