मुख्य समाचार

पहाडी भागमा बदली, हल्का हिमपातको सम्भावना

काठमाडाैं, २६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा  हुस्सु / कुहिरो लागेको छ। मंसिर २६ गते (मंगलबार) दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती  : देशका पहाडी भू-भागमा आंशिक… पुरा पढौ

उनन्चालिसौँ सार्क बडापत्र दिवस मनाइयो

काठमाडौं, २६ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३९औँ बडापत्र दिवस विशेष समारोह गरी मनाइएको छ । समारोहमा स्वागत गर्दै सार्कका महासचिव गोलाम सरवारले दक्षिण एसियाका जनताको हितलाई प्रवद्र्धन गर्न र यस क्षेत्रको सामाजिक प्रगति र आर्थिक विकासमार्फत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सार्कको स्थापना भएको बताए। सार्कको १५औँ महासचिवका रूपमा हालै पदभार ग्रहण गरेका सरवारले सार्कले दक्षिण एसियाका जनताको साझा चुनौती, चासो र आकाङ्क्षा र सदस्य राष्ट्रहरूबीचको संयुक्त कार्य र वृद्धि सहयोगको आवश्यकतालाई पूर्णरूपमा मान्यता दिएको उल्लेख गरे।… पुरा पढौ

कुश्मा-नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं, २५ मङ्सिर । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज सो आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गरे । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो । कालीगण्डकी र… पुरा पढौ

तेस्रो लगानी सम्मेलनबारे अर्थ मन्त्रालयले गर्याे विकास साझेदारसँग छलफल

काठमाडौं, २५ मङ्सिर । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा… पुरा पढौ

सिक्लेसमा पर्यटक आगमन बढेसँगैं व्यवस्थापनको चिन्ता

गण्डकी, २५ मङ्सिर। मङ्सिरको १५ गते शुक्रबार पोखरा ३३ भरतपोखरीको बर माझथरका ७ युवा कास्कीकाे सिक्लेस भ्रमणमा निस्किए । पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य सिक्लेसमै पुुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नु थियो । मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन की भन्ने चिन्ता पनि थियोे । त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमणटोलीका सदस्य कमलप्रसाद पौडेलले… पुरा पढौ

सुन्तलाकाे उत्पादन बढ्यो, १ अर्बकाे कारोबारकाे आकलन

धरान, २५ मङ्सिर । सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गतवर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत ठाउँबाट किसानले धरानस्थित कृषिउपज बजारस्थलमा सुन्तला ल्याइरहेका छन् । कात्तिक १५ यतामात्र दुई हजार मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ । अझ पुसमा सबैभन्दा धेरै सुन्तला आउने अनुमान गरिएको छ । किसानले यसपटक बारीमा सुन्तला धेरै फलेकाले पुसमा ठूलो परिणिाममा सुन्तला बजारमा आउने बताएका छन् । धरान बजारमा अहिले सुन्तलाको… पुरा पढौ

नेप्से १५.४० अंकले घट्याे, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौं, २५ मंसिर । अघिल्लो दिन आईतबार उछाल आएको सेयर बजार एकदिन बढी टिक्न सकेन। साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । अघिल्लो दिन १११ अंकले उकालो लागेको सेयर बजार यसदिन १५.४० अंकले ओरालो लाग्दा लगानीकर्ताको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ विन्दुमा झरेको छ । नेप्सेमा ०.७८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले घटेर ३६९.४१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये… पुरा पढौ

दुष्प्रचार गरेर जनतालाई भ्रम छर्ने षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ मङ्सिर प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर… पुरा पढौ

कर्णाली प्रदेश सरकारले ल्यायाे ७ वर्षीय रणनीतिक कार्ययोजना

सुर्खेत, २५ मङ्सिर । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो । रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य गरिने छ । यसका लागि दुर्घटनास्थल र घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन आकस्मिक चिकित्सा सेवासहितको पद्धति विकास गरिनेछ । सङ्घीय सरकार तथा स्थानीय तहसँग प्रभावकारी अन्तरसरकारी समन्वय गरी प्रदेशभित्रका सिकलसेल एनिमिया, थालासेमिया… पुरा पढौ

समाजसेवी बरालकाे परिकल्पनाले पुम्दीकोटको परिचय फेरियो

कास्की, २५ मङ्सिर । अहिले पोखरा घुम्न आउने पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहदैनन् । उनीहरूको रोजाइ नजिकैका गाउँ अनि डाँडापाखाहरू पनि बन्ने गरेका छन । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का भएकाले पर्यटक यतातिर लाेभिएका हुन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । शान्ति स्तुपाबाट… पुरा पढौ