मुख्य समाचार

लुम्बिनी विकास बैंकले गर्याे लाभांश वितरणकाे घाेषणा

काठमाडौं, २६ मंसिर । लुम्बिनी विकास बैंकले सेयरधनीहरूका लागि ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस दिइने भएकाे छ । साथै त्यसकाे कर प्रयाेजनका लागि ४.५० प्रतिशत नगद लाभांशसहित ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेकाे हो ।  बैंकले घाेषणा गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले अनुमित दिएपछि तथा लुम्बिनी विकास बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरणा गरिने भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८-७९ को… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ३.६१ अंककाे बृद्धि

काठमाडौं, २६ मंसिर । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेको छ । यसरी उक्लिएकाे नेप्से परिसूचक १९५२.१९ विन्दुम पुगेकाे हाे। यस सेसनमा जम्मा ५१ कम्पनीहरूको सेयर काराेबार भएकाे छ । उनीहरूकाे २ हजार ७७ कित्ता सेयरकाे कारोबार हुँदा रूपैयाँ १० लाख २९ हजार बढीको कारोबार भएको छ । प्रि ओपन सेसनमा आज २७ वटा कम्पनीहरूको सेयर मुल्य बढेकाे छ । १८ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ भने बाँकी रहेका कम्पनीहरूको मूल्यमा… पुरा पढौ

सुनको भाउमा लगातार गिरावट, चाँदीको स्थिर

काठमाडौं, २६ मंसिर । सुनको भाउ लगातार घटिरहँदा चाँदीको भाउ आज स्थिर रहेको छ । साताको सुनचाँदीको कारोबार हुने आज तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा रुपैया ७ सयले घटेको हो । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ । छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजारमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर… पुरा पढौ

गुराँस लघुवित्तले डाक्याे पुस १८ गते साधारण सभा

काठमाडाैं, २६ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्थाले पुस १८ गते आठौँ वार्षिक साधारण सभा डाकेकाे । संस्थाले सभा धरानकाे साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा रहेकाे भेडेटार भिलेज रिसोर्टमा बाेलाएकाे छ । साे दिन साधारण सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ । साधारण सभामा अन्य उपयुक्त मािनएका लघुवित्तसँग गाभ्ने गाभिने लगायतका कार्य गर्नका लागि अख्तियारि संचालक सिमितलाई दिने प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, २ जना सञ्चालकहरुको चयन गर्ने लगायतका वित्तीय एजेण्डाहरूमा छलफल गरी पारित गरिने भएकाे छ।… पुरा पढौ

नेपालबाट वार्षिक १२ अर्बको हस्तकला निर्यात

काठमाडौं, २६ मङ्सिर । नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो । त्यस अवसरमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । आगामी मङ्सिर २८ देखि पुस २… पुरा पढौ

एमालेको आत्मविश्वास बढेको छ: अध्यक्ष ओली

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाइ थियो । एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले त्यस… पुरा पढौ

पहाडी भागमा बदली, हल्का हिमपातको सम्भावना

काठमाडाैं, २६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा  हुस्सु / कुहिरो लागेको छ। मंसिर २६ गते (मंगलबार) दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती  : देशका पहाडी भू-भागमा आंशिक… पुरा पढौ

उनन्चालिसौँ सार्क बडापत्र दिवस मनाइयो

काठमाडौं, २६ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३९औँ बडापत्र दिवस विशेष समारोह गरी मनाइएको छ । समारोहमा स्वागत गर्दै सार्कका महासचिव गोलाम सरवारले दक्षिण एसियाका जनताको हितलाई प्रवद्र्धन गर्न र यस क्षेत्रको सामाजिक प्रगति र आर्थिक विकासमार्फत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सार्कको स्थापना भएको बताए। सार्कको १५औँ महासचिवका रूपमा हालै पदभार ग्रहण गरेका सरवारले सार्कले दक्षिण एसियाका जनताको साझा चुनौती, चासो र आकाङ्क्षा र सदस्य राष्ट्रहरूबीचको संयुक्त कार्य र वृद्धि सहयोगको आवश्यकतालाई पूर्णरूपमा मान्यता दिएको उल्लेख गरे।… पुरा पढौ

कुश्मा-नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं, २५ मङ्सिर । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज सो आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गरे । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो । कालीगण्डकी र… पुरा पढौ

तेस्रो लगानी सम्मेलनबारे अर्थ मन्त्रालयले गर्याे विकास साझेदारसँग छलफल

काठमाडौं, २५ मङ्सिर । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा… पुरा पढौ