मुख्य समाचार

नेप्सेमा १११.२० अंकको बृद्धि, ४८ करोड बढीकाे कारोबार

काठमाडौं, २४ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेर बजार सकारात्मक लयमा गएको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समिक्ष पछि नेप्से आज एकै पटक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २१.४६ अंकले बढेर ३७३.७५ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियो लागेको छ । कुल २४४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १३ लाख ६७ हजार ६१५ कित्ता सेयरको खरिदबिक्रीबाट ४८ करोड… पुरा पढौ

निर्माण सामग्रीको अभाव भएपछि ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतकाे काम प्रभावित

काठमाडौं, २४ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बालुवा झिक्न नपाउँदा आयोजनाको काम रोकिने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने निर्णय भएको थियो तर अदालतको आदेशबाट ती स्थानमा नदीजन्य सामग्री उत्खनन रोकिए पनि आयोजनाको काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ… पुरा पढौ

नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

काठमाडौँ, २४ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।   आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको… पुरा पढौ

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिजद्वारा सेवा शुभारम्भ

काठमाडौं, २४ मंसिर । सिबिआईएल सेक्यूरिटिज कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट श्रावण ३२ गतेका दिन र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट मिति २०८०।६।२९ मा धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त गरिएकोमा अाज एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले कम्पनीको विधिबत उदघाटन गरी कम्पनीको टिएमएस सेवा संचालनमा ल्याएका छन । कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सिबिआईएल सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे । साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

१ करोड फिरौती मागेको आरोपमा मकवानपुरमा ३ जना पक्राउ

मकवानपुर, २४ मङ्सिर । मकवानपुरमा १ करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ… पुरा पढौ

कानुन निर्माणमा सरकार असफल भएकाे छ: सांसद रायमाझी

काठमाडौं, २४ मङ्सिर । राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन् । सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्यसमेत रहनुभएका सांसद रायमाझीले समितिको निर्णय कार्यान्वयन गर्न सरकारले अटेर गरेको अनुभव सुनाए । “संसदीय समितिको निर्णय कार्यान्वयन गर्न सरकारले नसुनेजस्तो गर्ने रहेछ”, उनले भने। उनका अनुसार कतिपय अवस्थामा दुवै सदनका समितिहरूले दिने निर्देशनमा दोहोरोपनाले अन्योल सिर्जना गरेको छ । “ एउटै विषयमा धेरै समितिले दोहोरो सुझाव दिइरहेका हुन्छन् । सांसदसँग रासस… पुरा पढौ

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, २४ मंसिर । पाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुबैले मंसिर २५ गते भाेलि बुकक्लोज गर्ने जनाएका छन्। बुकक्लोजकाे मिति तय भइसकेकाेले सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधीनहरूले मात्रै साधारणा सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न याेग्य हुनेछन्। नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल,… पुरा पढौ

२१.३ मेगावाटको ठूलोखोला जलविद्युतकाे टनेल ‘ब्रेकथ्रु’

काठमाडाैं, २४ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए। उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक… पुरा पढौ

अर्बौ रकम भित्र्याउने चिया व्यवसाय किन पर्याे सङ्कटमा ?

झापा, २४ मङ्सिर । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब रु आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताए। उनले भने, “सरकारले समयमै चियालाई चाहिने मलसहितका… पुरा पढौ

स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र र ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट डा बुद्धि सम्मानित

पोखरा, २४ मंसिर । युआरएल फाउण्डेशन, नेपालले युआरएल स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा एभरेष्टकर्मि पत्रकार दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार अर्पण गरेको छ । यस्तै युआरएलले नेपालको जनस्वास्थ्य क्षेत्रमा ४० वर्ष बढी सेवा गरेका र हाल पनि सेवामै आवद्ध रहेका प्राडा.बुद्धि बहादुर थापालाई पहिलो पटक 'लाइफ टाइम एचिभमेन्ट अवार्ड २०८०' अर्पण गरेको छ । श्रेष्ठ एभरेस्ट एफएमका कार्यकारी निर्देशक, एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन्। उनलाई नगद ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्र… पुरा पढौ