मुख्य समाचार

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन, २२ मङ्सिर । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा रु एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए ।… पुरा पढौ

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्डमा ९ किमी कालोपत्र

दमौली, २२ मङ्सिर । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ४१ दशमलव पाँच किलोमिटर खण्डमध्ये हालसम्म नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए। त्यस्तै थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबारदेखि सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३… पुरा पढौ

कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, २२ म‌सिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएकाे छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको छ । मंसिर २२ गते (शुक्रबार) दिउँसो : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती :  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली… पुरा पढौ

लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी

नवलपरासी, २२ मङ्सिर । लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने बताए । मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताए। विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको बातावरण तयार… पुरा पढौ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं, २२ मङ्सिर । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए।… पुरा पढौ

मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन : अध्यक्ष ओली

पाेखरा, २१ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन्। अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे। अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भने, “मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प यात्रा हो… पुरा पढौ

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालत पाटनकाे आदेश

काठमाडौं, २१ मङ्सिर । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु÷नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, “मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु÷नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम… पुरा पढौ

बिग्रेकाे सरकारले काम बिगारिरहेकाे छ : अध्यक्ष ओली

कुश्मा, २१ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकार भएपनि काम लाग्ने खालकाे सरकार नभएकाे बताएका छन्। उनले सपार्नुकाे सट्टामा बरू सरकारले काम बिगारिरहेकाे बताए । उत्तरबाट बाटो खोल्यौं । प्रयोग गर्ने आँट गर्दैन । हामीले नक्सा छाप्यौं। कार्यान्वयन गर्न सक्दैन । एमालेले बैतडीकाे झुलाघाटबाट सुरू गरेकाे 'झुलाघाट-चिवाभञ्याङ संमृद्धिका लागि संकल्प यात्रा' अन्तर्गत पर्वतकाे कुश्मामा बिहिबार गरिएकाे जनसभामा अध्यक्ष ओलीले भने, बङ्गलादेश जाने बाटो दिए जमिन छोड्छौं भन्छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो । बङ्गलादेश जाने… पुरा पढौ

नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

नवलपरासी, २१ मङ्सिर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको… पुरा पढौ

नेप्सेमा ११.७३ अंकको बृद्धि, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २१ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ ।एउटा व्यापार उपसमूहबाहेक सबै १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ । नेप्सेमा आएको सकारात्मक सुधारले लगानीकर्ताहरुको मनोबल बढेको छ । तर बजार स्थायी रुपमा नै उकालोको यात्रामा जान्छ भन्नेमा ढुक्क हुने अवश्था छैन । सेयर बजारमा बिगतदेखिका कतिपय मुद्दाहरु यथावत् रहेका छन् भने मौद्रिक नीतिको समिक्षा कस्तो आउने हो त्यो पनि पखाईको विषय भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक… पुरा पढौ