मुख्य समाचार

एयरलाइन्सको टिकट चोरीमा थप एक जना पक्राउ

काठमाडौं, १६ मङ्सिर । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मस्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सिआइबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए। उनले भने, “जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक… पुरा पढौ

हिमालको फेदैफेद कोरी पहाड (यात्रा संस्मरण)

काठमाडौं, १६ मङ्सिर । ‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो । सिक्लेसमा भर्खरै तात्तातो खाना खाएका थियौँ र समयको घडी पनि १२ बजाउने तरखरमै थियो । मनमनमा त्यही गालीकै हालत हुने होकि भन्ने लाग्यो । आँखै अगाडि झरुवापाटाको उकालो याद आयो । कहिलेकाहीँ खाना खाँदाखाँदै हाम्रो घरमाथिको झरुवापाटाको उकालो हिँड्नुपथ्र्याे, असिनपसिन हुन्थ्यो । ऊ बेला आमाले औडाहा उठ्यो भन्नुभएजस्तै हुने हो… पुरा पढौ

हिमालय एयरलाइन्सको काठमाडौं-साङ्घाई उडान सुरु

काठमाडौं, १६ मङ्सिर । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार विहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय… पुरा पढौ

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

काठमाडौं, १६ मङ्सिर । राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसद््ले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन् । राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद््प्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उनको विश्लेषण छ । “सरकार नै संसद्माथि हावी छ । सरकार हावी भएका कारण संसद् बलियो हुन नसकेको हो । यसलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन नसकेको भनेर बुझ्न सकिन्छ”, सांसदसँग रासस संवादका क्रममा उनले भनिन्, “संसद्ले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन… पुरा पढौ

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय

भजनी, १६ मङ्सिर । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य भएका निसाद यतिबेला भने खुसी छन्। राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन्। “जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो । त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो । “निसादले भने,… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्याे, अन्यको कति ?

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेकाे छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि घटेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र… पुरा पढौ

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहा, १६ मङ्सिर । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् । ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत जनही रु २० हजार गरी कूल रु ८० हजार आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिए। उनका अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो । “श्रीमान् र सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनका लागि हामीले ‘बीउपुँजी’ स्वरुप सानो रकम… पुरा पढौ

कोशी, गण्डकी र कर्णालीमा हल्का हिमपातको सम्भावना

काठमाडाैं, १६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । मंसिर १६ गते (शनिबार) दिउँसो : कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती :  कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका… पुरा पढौ

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

चितवन, १६ मङ्सिर । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ । उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ… पुरा पढौ

सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा : मन्त्री शर्मा

दाङ, १६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लाग्ने बताएकी छन् । एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने गरी सरकार अघि बढेको जानकारी दिइन्। बेपत्ता परिएका व्यक्तिको छानविन आयोगको काम लामो समयसम्म टुङ्गोमा नपुग्दा पीडितले न्याय नपाएको उल्लेख गर्दै मन्त्री शर्माले आउने संसद् अधिवशेनबाट सहमतिका माध्यमबाट टुङ्गोमा पु¥याउने बताइन्। सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सङ्क्रमणकालीन न्यायको विषयमा सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट… पुरा पढौ