मुख्य समाचार

लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपात

काठमाडाैं, १८ मंसिर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात… पुरा पढौ

३० लाख लगानीमा व्यावसायिक कालिजपालन सुरू

पाल्पा, १८ मङ्सिर। रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपुरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो। व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन। गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए । “छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको… पुरा पढौ

सुन्तला उत्पादन बढ्दा किसान उत्साहित

गल्याङ, १८ मङ्सिर । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा रु ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए। विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला… पुरा पढौ

शान्ति स्थापनासम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौं, १८ मङ्सिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन् । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता… पुरा पढौ

४ अर्ब ३९ करोड ८० लाख मुद्दतीमा लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं, १७ मंसिर । केन्द्रीय बैंक नेपाल राष्ट्र बैकले विभिन्न कोषहरूमा रहेको ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषकाे १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे जनाएकाे हाे ।  बैंकले २०८० साल पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म १ वर्ष अर्थात ३६६ दिनका लागि मुद्दति निक्षेपमा… पुरा पढौ

नेप्सेमा ७.२९ अंकको गिरावट, साढे ९६ करोडको कारोबार

काठमाडौं, १७ मंसिर । साताको सेयर कारोबार हने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जले नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा झरेको जनाएको छ । नेप्सेमा ०.३९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेर ३५४.४३ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये एउटा मात्रै माइक्रोफाइनान्स उपसमूहमा हरियो लागेको छ । बाँकी १२ वटैमा रातो लागेको छ । कुल २९३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३४ लाख १९ हजार ७३… पुरा पढौ

काठमाडौंसँग जाेडिएका जिल्लामा प्रशस्त संभावना छन: अर्थमन्त्री डा. महत

नुवाकोट, १७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौं वरिपरिका जिल्लामा प्रशस्त संभावना रहेको बताएका छन । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’ ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई… पुरा पढौ

उपभोक्ता अधिकारकाे कानुन कार्यान्वयन नहुँदा बढ्याे ठगी

काठमाडौं, १७ मङ्सिर । संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताए। कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिँदै कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर… पुरा पढौ

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन अर्थकाे निर्देशन

काठमाडौं, १७ मङ्सिर । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम रु छ अर्ब आठ करोड बराबर छ । अधिकांश पालिकाको बक्यौता… पुरा पढौ

नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश गयाे : सांसद राई

काठमाडौं, १७ मङ्सिर । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद राईले छ वर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गरे। “बाहिर हुँदा यो यहाँ कमी–कमजोरी छ, यसो गर्नुपर्छ भन्छन् । तर जब आफैँ गर्नुपर्ने ठाउँमा पुग्छन्, बिर्सिन्छन् र निष्ठा डगमगाउँछ”, उनले भने, “निष्ठा डगमगाउँदा हाम्रो समग्र राजनीतिप्रति आममानिसले ‘यी सब चटके हुन्’ भन्न थालेका… पुरा पढौ