मुख्य समाचार

महाकाली सिंचाइ तेस्रो चरणः प्याकेजमा नहर निर्माणको तयारी

महेन्द्रनगर , १७ मङ्सिर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई÷तीन महिनामा काम पूरा हुन्छ ।” आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा… पुरा पढौ

मध्यवर्ती क्षेत्र खारेजीकाे माग गरेपछि सरोकारवालासँग छलफल सुरू

नवलपुर (नवलपरासी), १७ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल (पार्वती) नेतृत्वको टोलीले जिल्लामा छलफल गर्दै निकुञ्ज ऐन संशोधनका लागि सरकारलाई सुझाव दिने जनाएको छ । सभापति रावलले सरकारले राष्ट्रिय निकुञ्ज ऐनलाई संशोधन नगरी नियमावलीमात्रै संशोधन गरेकाले यस क्षेत्रका जनताको रायसहित सरकारलाई ऐन संशोधनका लागि सुझाव दिइने बताइन्। “पुराना ऐनलाई समयसापेक्ष, नयाँ व्यवस्था अनुकूल तथा सङ्घीयता अनुकूल… पुरा पढौ

सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय पुग्यो

काठमाडौं, १७ मंसिर । सुनको भाउ लगातार उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सनचाँदीको भाउमा भाउ बढेकाे छ । यसदिन छापावाल सुनमा एकैपटक १ हजार ८ सयले बृद्धि भएको छ । चाँदी रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुनमा रुपैया १ हजार ८ सयले बढेर तोलाको अहिले सम्मकै उच्च भाउ १ लाख २० हजार ८ सय पुगेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख… पुरा पढौ

प्राधिकरणद्वारा बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई लाइसेन्स खारेजीकाे चेतावनी

काठमाडाैं, १७ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले तिर्नुपर्ने बाँकी रहेकाे बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई लाइसेन्स खारेज गर्नेसम्मकाे चेतावनी दिएको छ। प्राधिकरणले एक सूचना जारि गरी सात दिनभित्रमा सम्पर्कमा आउन आग्रह गरेकाे छ । साे अवधिमा सम्पर्रकमा नआए लाइसेन्स खारेजीकाे प्रक्रियामा जाने चेतावनी दिएकाे हाे ।  पटक पटक सूचना जारी गर्दापनि सेवा प्रदायक कम्पनीहरूले बेवास्ता गरेकाे र सम्पर्कमा नआएले अन्तिम पटक ७ दिनको म्यादभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएकाे हाे । कम्पनीहरूले सरकार र प्राधिकरणकाे नियम अनुसार बुझाउनु पर्ने… पुरा पढौ

लाभांश पारित गर्न नेपाल हाइड्रोले बाेलायाे साधारण सभा

काठमाडाैं, १७ मंसिर । नेपाल हाइड्रो डेभलपर कम्पनीले लाभांश पारित गर्नका लागि १७औं साधारण सभा बाेलाएकाे छ। कम्पनीकाे साधारण सभा पुस १२ गते काठमाडाैं नक्सालस्थित लिसारा रिसेप्सन्समा बाेलाइएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे हाे । सभाबाट २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँ बराबरको बोनस शेयर र त्यसकाे कर प्रयोजनका लागि ०.३७ प्रतिशतले हुने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । समाभा कम्पनीकाे प्रबन्धपत्र तथा नियमावलीमा संशोधन… पुरा पढौ

अपाङ्गतासम्बन्धी अधिकार प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रपतिको जोड

काठमाडौं, १७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति उनले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताए । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका… पुरा पढौ

आज अमेरिकी डलर र यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा… पुरा पढौ

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी (घोडेपानी), १७ मङ्सिर । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ । मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिकको समीक्षा कार्यक्रम चालु आवमा ८० प्रतिशत पुँजीगत बजेट खर्च हुनेगरी योजना कार्यान्वयन गर्ने कार्यायोजना बनाउँदै शनिबार म्याग्दीको… पुरा पढौ

कहिलेदेखि चल्ला केयूले ल्याएको हाइड्रोजन कार ?

काठमाडौं, १६ मङ्सिर । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दिनअघि मात्रै उक्त गाडी नेपाल भित्र्याएको हो । गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेशन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेशन सञ्चालनमा आउने र… पुरा पढौ

४ महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

काठमाडौं, १६ मङ्सिर । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण… पुरा पढौ