मुख्य समाचार

अब ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट हुनेछ : प्राधिकरण

काठमाडौं, १६ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको हो । आजदेखि नै उक्त प्रक्रिया सुरु हुने बताइएको छ । प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले सेवा शुल्क… पुरा पढौ

मेलम्चीको पानी चाँडै काठमाडौं पुर्‍याउँछौं मन्त्री : यादव

मेलम्ची, (सिन्धुपाल्चोक) १६ मङ्सिर । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताएका छन्। मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि आइपुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताए। मन्त्री यादवले भने, “बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौँवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौँ पुर्‍याउँछौँ ।” हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न सरकार कटिबद्ध छ: कावा प्रधानमन्त्री खड्का

काठमाडौं, १५ मङ्सिर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे। “हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी–कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई… पुरा पढौ

केही तत्व राजतन्त्र फर्काउन लागेपनि सम्भव छैन : अध्यक्ष ओली

डडेल्धुरा १५, मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन्। पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए। उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे। पुरा पढौ

११ महिनामा ९ लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, १५ मङ्सिर। सन् २०२३ को ११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ… पुरा पढौ

गणतान्त्रिक व्यवस्थाको अभ्यास राष्ट्रियसभामा छ : नेता महरा

काठमाडाैं, १५ मङ्सिर । राष्ट्रियसभा सदस्य महेशकुमार महराले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठानेका छन् । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उनले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाए। नेकपा (माओवादी केन्द्र)का नेता महराले भने, “सङ्घीयता र समावेशिताको प्रतिनिधित्व, अभ्यास र अनुभव राष्ट्रियसभाले गरिरहेको छ ।” प्रतिनिधिसभाबाट आएका विधेयकमा चित्त नबुझेमा फिर्ता पठाइदिने अधिकार राष्ट्रियसभासँग भएको बताउँदै उनले सञ्चारमाध्यमले प्रबुद्ध समूहका कामकारबाहीलाई महत्व नदिँदा सभाका गतिविधि छायामा परेको… पुरा पढौ

विकास परियोजनाको कार्यान्वयनमा अर्थमन्त्री महतको जोड

काठमाडौं, १५ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकाेमा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरुको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेकाे अर्थ मन्त्रालयले जनाएको छ । बैठकमा भारतीय पक्षको नेतृत्व… पुरा पढौ

नेपालमा लगानी बिस्तार गर्न युएईका लगानीकर्तालाई अध्यक्ष ढकालकाे आह्वान

काठमाडौं, १५ मङ्सिर । संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् । युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरुलाई आह्वान गरे। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका… पुरा पढौ

मञ्जुश्री फाइनान्सले गर्याे लाभांश वितरणकाे घोषणा

काठमाडौं, १५ मंसिर । मञ्जुश्री फाइनान्सले सेयर लगानीकर्ताहरुका लागि ५.२५३ प्रतिशत नगद लाभांश वितरणकाे घाेषणा गरेकाे छ । कम्पनीले गत वर्षको मुनाफाबाट साे लाभांश दिने घोषणा गरेको हाे । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिकेा बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश र त्यसकाे कर प्रयोजनसहित लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसका लागि फाइनान्सले ७ करोड ११ लाख ३२ हजार रुपैयाँ वितरण गर्ने भएकाे छ ।  फाइनान्सले घाेषणा गरेकाे लाभांश वितरणकाे प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउ घटेको छ भने चाँदीमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको जनाएकाे छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँमा… पुरा पढौ