मुख्य समाचार

सुवेदीकाे कृषि फार्ममा १ किलो बढीका ड्रागन फल

चितवन, ११ मङ्सिर । भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताए। आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्काे फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पु¥याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।” सुवेदीले एक… पुरा पढौ

बैतडीको पाटनमा ग्लाेबल आइएमई बैंकको ३५१औं शाखा

काठमाडाैं, ११ मंसिर । ग्लोबल आइएमई बैंकले ३५१औं शाखा बैतडीमा खाेलेकाे छ । बैतडी जिल्लाकाे पाटन नगरपालिका वडा नं. ६ काे पाटनबजारमा शाखा खाेलिएकाे बैंकले जनाएकाे छ । बैंकको नयाँ शाखाकाे पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन्। साे अवसरमा रावलले बैंककाे शाखा बिस्तारले पाटन क्षेत्रका बैंककाे सहज पहुँचमा नपुगेका जनताका लागि सहयाेग पुग्ने विश्वास व्यक्त गरे । यसअघि ३५० शाखा रहेकाे बैंककाे बैतडीमा खाेलिएकाे नयाँ शाखासँगै बैंकका शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।… पुरा पढौ

कानुन निर्माण राष्ट्रियसभाबाट हुनुपर्छ: राष्ट्रियसभा सदस्य अनिता देवकोटा

काठमाडौं, ११ मङ्सिर । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गरेकी छन्। उनले सरकार को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानुन निर्माण हुने विचार प्रकट गरिन्। सदस्य देवकोटाले भनिन्, “विकास कसरी गर्ने, बजेट कहाँ हाल्ने अनि सरकार गठन र विघटनको काम उसले गर्छ… पुरा पढौ

पूर्वीनाकाबाट निर्यातभन्दा ५ गुणा बढी तरकारीकाे आयात

झापा, ११ मङ्सिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०-८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत… पुरा पढौ

सांग्रिला र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, ११ मंसिर । सांग्रिला डेभलपेमन्ट बैंक र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। दुबै बैंकले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्जले दुबैको शेयरमूल्य समायोजन गरेको जनाएकाे छ । सांग्रिला डेभलपेमन्ट बैंकको शेयरमूल्य समायोजन गरेर प्रतिकित्ता २८० रुपैयाँ ९५ पैसा कायम भएकाे छ। बैंकले ५ प्रतिशत बोनश वितरण गर्ने जनाएकाे थियाे । बैंककाे बुकक्लोजसँगै नेप्सेमा शेयरमूल्य समायोजन गरिएको हो। अर्काे शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि समायाेजन भएकाे छ । नेप्सेले शेयरमूल्य समायोजन गरी प्रतिकित्ता… पुरा पढौ

सुन तोलाको १ लाख १७ हजार ४ सय पुग्यो

काठमाडौं, ११ मंसिर । लगातार सुनचाँदीको भाउमा बृद्धि भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै रेकर्ड कायम गरेको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँमा… पुरा पढौ

जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियो : ट्रेड युनियन महासङ्घ

काठमाडौं, ११ मङ्सिर । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध परिषद् (आइटियुसी न्याक)ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । आइटियुसी न्याकले पत्रकार सम्मेलन गरी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) सम्मेलनमा उठान गर्ने मुद्दामा श्रमिकको विषय सरकारले नसमेटेको जनाएका जनाएका छन् । आइटियुसी न्याकका अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभाव श्रम क्षेत्रमा परे पनि जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुनुपूर्व श्रमिक सङ्गठनसँग सरकारले कुनै परामर्श नगरेको बताए। “जलवायु परिवर्तनसम्बन्धी विभिन्न क्षेत्रलाई छलफल तथा परामर्श गरे… पुरा पढौ

मङ्सिर २१ गतेदेखि चौथो जिम्मेवार व्यवसाय सम्मेलन हुँदै

काठमाडौं, ११ मङ्सिर । यही मङ्सिर २१ गतेदेखि काठमाडौँमा ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’ आयोजना हुने भएको छ । नेपालका उद्योग व्यवसायको बदलिँदो परिस्थिति र यस क्षेत्रमा देखिएका उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवार ढङ्गले कसरी अघि बढ्न सकिन्छ भनेर दुईदिने सम्मेलन आयोजना गर्न लागिएको आयोजक राष्ट्रिय व्यावसायिक पहलले जनाएको छ । सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले व्यावसायिक वातावरणको विद्यमान अवस्था, सम्बोधन गर्नुपर्ने विषय र अबको बाटोबारे सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। सम्मेलनमा समाज, अर्थतन्त्र… पुरा पढौ

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ प्लेट अनिवार्य

पाेखरा, ११ मङ्सिर । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड’ नम्बर प्लेट जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे। “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको… पुरा पढौ

वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

काठमाडौं, १० मङ्सिर । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए। “लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय… पुरा पढौ