मुख्य समाचार

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ मंसिर। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियाे । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसबाट कम्पनीले ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको बताएकाे छ । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि… पुरा पढौ

हायरपर्चेज कर्जामा ब्याज बाहेक अन्य शुल्क लिन नपाइने

काठमाडौं, १२ मंसिर । राष्ट्र बैंकले हायरपर्चेज कर्जा दिने कम्पनीहरुलाई स्वीकृति दिने नीतिगत एबम् प्रक्रियागत व्यबस्था, २०७० तेश्रो संशोधन २०७८ लाई संशोधन गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० चौथो संशोधन २०८० जारी गरेको छ। बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले सूचना जारी गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क लिन नपाउने जनाएका हुन् । बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था,… पुरा पढौ

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन अध्यक्ष ढकालकाे सुझाव

काठमाडौं, १२ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् । छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा रु ४५ अर्बभन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै सो सुझाव दिएको महासङ्घले जनाएकाे छ । अध्यक्ष ढकालले भने–“कार्यविधी बनाएर यसलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्थापना भएको छ वर्ष लाग्यो तर… पुरा पढौ

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण

झापा, १२ मङ्सिर । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए। हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा,… पुरा पढौ

नबिल बैंकले पायाे ३ अर्बको ऋणपत्र बिक्रीकाे अनुमति

काठमाडाैं, १२ मंसिर । नबिल बैंकले "नबिल डिबेञ्चर २०८७" निष्काशन गर्न लागेको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई रूपैयाँ ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएकाे हाे। बैंकले मङ्सिर १० गते एक हजार रुपैयाँ अङ्कित दरकाे ३० लाख इकाई ऋणपत्र निष्काशन गर्नका लागि अनुमति पाएको हो । ९ प्रतिशत ब्याजदर भएको ऋणपत्रकाे अवधि सात वर्षकाे रहेकाे छ । कम्पनीले ३० लाख कित्ताबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता निजी तवरले बिक्री गर्नेछ । बाँकी हुने १… पुरा पढौ

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाकाे लागि तयारी गर्दै राष्ट्र बैंक

काठमाडाैं, ११ मंसिर । केन्द्रीय बैंक यतिबेला मौद्रिक नीतिको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षाको लागि तयारी गरिरहेकाे छ। बैंकले यही हप्तामा समिक्षा गर्ने तयारी सुरू गरेकाे हाे । गएकाे आर्थिक वर्षमा मंसिर ११ गते आजकै दिन मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएकाे थियो। याे वर्ष चाडपर्वकाे कारण मौद्रिक नीतिको समीक्षा गर्न ढिलाे भएकाे हाे । बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि अन्तर निकायहरूमा छलफल गरिसकेकाेले अब यसकाे उच्च व्यवस्थापनकाे स्तरमा छलफल गरिरहेकाे छ । साे छलफलबाट आउने… पुरा पढौ

गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने

काठमाडौं, ११ मङ्सिर। सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए। महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप… पुरा पढौ

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दुबई जादैं

काठमाडौ्ं, ११ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २… पुरा पढौ

संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउन सभामुख घिमिरेकाे सुझाव

काठमाडौँ, ११ मङ्सिर । सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उहाँले समिति बैठकमा देखिएको कोरमसम्बन्धी चुनौती र प्राप्त विधेयकको जिम्मेवारीलाई समयमै सम्बोधन गर्न सुझाव दिनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “विधेयकको कामलाई प्राथमिकता दिनुस्, निर्देशन किन कार्यान्वयन भएन समीक्षा गर्नुस्, समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन अन्त्य गर्नुस् ।” उहाँले समितिमा रहेका एक दर्जन विधेयकलाई संसद्को आगामी अधिवेशनमा सुरु हुनासाथ पेस गर्न सकिने गरी… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, १ अर्ब ७५ करोडकाे काराेबार

काठमाडौं, ११ मङ्सिर । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय… पुरा पढौ